काठमाडौं । पूर्वसांसद एवं पप्पु कन्स्ट्रक्सनका पूर्वअध्यक्ष हरिनारायण रौनियार पक्राउ परेका छन् ।
बाँकेमा ठगीको उजुरी परेपछि अनुसन्धानका लागि रौनियारलाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको हो ।
उनलाई प्रहरी वृत्त, बानेश्वरको टोलीले पक्राउ गरेको जनाइएको छ । काठमाडौंमा पक्राउ गरेर बाँके पठाउने तयारी भइरहेको प्रहरीको भनाइ छ
ठगी मुद्दामा उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
उनी निर्माण ठेक्का पाएका पुलदेखि अन्य संरचना मापदण्ड पूरा नगरेको भन्दै विवादमा तानिएका थिए ।
उनीविरुद्ध विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर भएपछि सांसदबाट स्वतः निलम्बित भएका थिए ।
बर्दियाको जब्दिघाटमा बबई नदीमाथि पुल निर्माणका क्रममा अनियमितता भएको ठहर गर्दै अख्तियारले सांसद रौनियारसहित उनका छोरा सुमित र अन्य १० जनाविरुद्ध मुद्दा दायर गरेको हो ।