विराटनगर । कोशी प्रदेशको मुख्यमन्त्री नेपाली कांग्रेसका संसदीय दलका नेता उद्धव थापा नियुक्त भएका छन् ।
थापाले प्रदेशसभाका ४७ सदस्यको समर्थन आफूलाई रहेको भन्दै बिहीबार साँझ प्रदेश प्रमुख परशुराम खापुङसमक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । खापुङले थापालाई मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
कोशी प्रदेशको गठबन्धनमा कांग्रेस (२९), माओवादी केन्द्र (१३) (सभामुखसहित) एकीकृत समाजवादी ४ र जनता समाजवादी पार्टी १ गरी ४७ सिट छ ।
शुक्रवार विश्वासको मत नपाएपछि हिक्मतकुमार कार्की नेतृत्वको सरकार ढलेको थियो ।