२२ असार २०८० शुक्रबार,
काँकरभिट्टा । सलकपुरबाट सब्जी बोकेर आएको बा.९ च.६१८० नम्बरको बोलेरोमा रुखको हाँगा भाँचीएर गाडिको अगाडिको भाग नष्ट भएको छ ।
आज बिहान करिव ८ः५० मा सलकपुरबाट काँकरभिट्टाको सब्जीमण्डीमा सब्जी लिएर सोहि ठाँउमा रोकी पसलमा सब्जी दिनेक्रममा एक्कासी रुखको हाँगा भाचिएर गाडिको अगाडिको भाग ग्रष्त भएको हो ।
रुखको हाँगा ठूलो भएकाले अगाडिको सिसाको भागबाट पुरैभित्र गएको छ ।
सब्जी ब्यवसायी कुलदिप राईको अनुसार आफू भाग्यलेमात्र बाचेको बताउछन् । अरु साथीहरुले सब्जी पसलमा दिँदै गरेको तर आफूभने त्यहि गाडिभित्र अगाडि बसेर टिपोट गर्दैथिएँ एक्कासी क्यारेक गरेको आवाज आयो म बसेको अगाडिको सिसाको भागमै हाँगा सिधै भित्र पस्यो म धन्न बाँचें ।
सब्जीमण्डीमा रहेको त्यो सिरिस जातको रुख धेरै बुढो भइसकेकाले धराप थियो, यस्ता कुराहरुलाई नगरपालिकाले चासो लिनुपर्ने हो तर हेलचेक्र्याई गर्दा दुर्घटना निम्तन सक्छ । यहाँ गाडि नभएको भए अन्य कुनै मानिसलाई दुर्घटना हुने सम्भावना प्रवल थियो भनि त्यहाँ हेर्ने दर्शकहरुको भनाइ थियो ।
यसको पहलको बारेमा ट्राफिक प्रहरीमा निबेदन थिएको ब्यवसायी राई बताउछन् ।