झापा ,४ साउन । दमक नगर इसाई समाजले साउन ९ गतेका दिन वृहत रक्तदानको आयोजना गर्ने भएको छ । समाजले आफनो बार्षिक कार्यक्रम अन्तर्गत यसवर्ष पनि दमकको रेडक्रसस्थित रक्तसञ्चार सेवा केन्द्र परिषरमा रक्तदानको आयोजना गरिएको अध्यक्ष आकास थुलुङले बताए । यो रगतदान ४५ औ भएको समाजले बताएको छ ।
समाजले आज विहान दमकको टि टाइम रेष्टुरेन्टमा पत्रकार सम्मेलन गरि मानवीय सेवामा सहयोग पुरयाउँन तय गरिएको रक्तदान कार्यक्रमको सम्पूर्ण तयारी धमाधम भईरहेको जनाएको छ ।
रगतदान भव्य तथा सभ्य रुपले सम्पन्न गर्न समाजका उपाध्यक्ष हेमन्त सुब्बालाई कार्यक्रम संयोजकको जिम्मेवारी प्रदान गरिएको जनाईएको छ ।
जिल्लामै सवैभन्दा बढी रगतदान गर्ने संस्थाका रुपमा चिनिएको यस समाजले २०५१ सालदेखि नियमित रुपमा रगतदान गरिआएको पूर्व अध्यक्ष राजकुमार राईले जानकारी दिए ।
पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक सुब्बाले कार्यक्रमको तयारी, अध्यक्ष आकास थुलुङ, पूर्वअध्यक्ष राई लगायतले रगतदानको महत्व तथा समाजले गर्देआएको सामाजिक कार्यहरुका बारेमा चर्चा गरेका थिए ।
उनीहरुले बर्षायाममा रगतदान नहुदाँ रगतको अभाव हुने गरेकाले रगतको उपलवधतालाई सहज बनाउन रक्तदान कार्यक्रम आयोजना गरिएको संयोजक सुब्बाले बताए ।
साे रक्तदानमा दमक र यस आसपासका ५० बढी ख्रीष्टियन चर्चहरुको सहभागिता रहने जनाएको छ ।