तरुण राई
१२ श्रवण,
धुलाबारी । एक्का नेपालका धुलाबारी काउन्सेलरको आयोजनामा प्राथमिक उपचार सम्बन्धि अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
एक्का नेपालको आयोजना र रेडक्रस सोसाईटी, मेचीनगर उपशाखाको सहयोगमा भएको सो अभिमुखिकरण कार्यक्रम नेपाल रेडक्रस सोसाईटी, मेचीनगर उपशाखाको सभाहलमा सम्पन्न भएको थियो।
अभिमुखिकरण कार्यक्रममा काउन्सेलर विसिका श्रेष्ठद्धारा प्राथमिक उपचारको महत्व र आवश्यकता, जलनका प्रकारहरु लगायत तत्काल गरिने प्राथमिक उपचार सम्बन्धि महत्वपूर्र्ण जानकारी दिनु साथै प्राथमिक उपचार प्रयोगात्मक गरेर देखाउनु भएको थियो।
नेपाल रेड क्रस सोसाईटी, मेचीनगर उपशाखाका अध्यक्ष रमेश दाहालले एक्का नेपाललाई धन्यवाद दिनुको साथै रेड क्रसको इतिहास र रेड क्रस संस्था गठन गर्न किन आवश्कता पर्यो भन्ने विषयमा प्रकाश पार्नु भएको थियो।
एक्का नेपालका काउन्सेलरहरुको साथै धुलाबारी माध्यमिक विद्यालयको बाल क्लबका भाई-बहिनीहरुको पनि उपस्थिति रहेको अभिमुखिकरण कार्यक्रमा एक्का काउन्सेलर सरिता घिमिरेले संचालन गरेकी थिइन् ।