![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं : विवादास्पद अभिव्यक्ति दिएकी अधिवक्ता भगवती पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । शुक्रबार काठमाडौं जिल्ला अदालतले अधिवक्ता पाण्डेविरुद्ध पक्राउ पुर्जी जारी गरेको हो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/1-1.gif)
तामाङ र मगर समुदायप्रति गलत टिप्पणी गरेपछि उनीविरुद्ध सोही समूदायले उजुरी गरेका थिए । उनले टेलिभिजनमा अन्तर्वार्ता दिँदै उक्त समुदायमा दाजुबहिनीबीच नै विवाह हुने भन्दै गलत टिप्पणी गरेकी थिइन् ।
सोही अभिव्यक्तिलाई लिएर उनीविरुद्ध तामाङ र मगर समुदायका व्यक्तिहरूले दिएको उजुरीका आधारमा पाण्डेविरुद्ध जातीय भेदभावको कसुरमा पक्राउ पुर्जी जारी भएको हो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/khabarad.gif)