![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं,
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/1-1.gif)
नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले राजीनामा दिनुपर्ने बताएका छन्। सेतोपाटीसँगको कुराकानीमा शर्माले कोशी प्रदेशका सभामुखले सांसदका रूपमा काम गर्नुलाई अदालतले असंवैधानिक भनेकाले सभामुखले राजीनामा दिनुपर्ने बताएका हुन्।
‘सभामुखको पदमा बसेको मान्छेले सांसदको रूपमा हस्ताक्षर गर्नु गल्ती भएकै हो। त्यो कुरालाई अदातलले औंल्याएको छ’, महामन्त्री शर्माले भने, ‘कोशी प्रदेशका सभामुख महोदयले संसद चलाउन बस्दै गर्दा सांसदको रूपमा हस्ताक्षर गरेको कुरालाई सम्मानित सर्वोच्च अदालतले असंवैधानिक ठहर गरिसकेको अवस्थामा मार्गप्रशस्त गर्ने कुरा राम्रो हुन्छ।’
उनले केन्द्रीय नेताहरूको आग्रहमा सभामुखले हस्ताक्षर गरको भए पनि अब सभामुखले त्यसलाई देखाएर पन्छिन नमिल्ने बताए। ‘म सभामुख हुँ तर मलाई केही गर्न बाध्य पारे, फकाए र थर्काए, ह्विप लगाए भनेर सभामुखले भन्नु पनि भएको छैन। भन्नु पनि हुन्न र भन्ने कुरा सुहाउँदैन पनि’, शर्माले भने, ‘हस्ताक्षरको जिम्मेवारी उहाँले लिनुपर्छ।’
![Ncell](https://www.setopati.com/uploads/bigyaapan/49930600.png)
उनले कोशी प्रदेशमा अब कांग्रेसले फेरि एकपटक उद्धव थापाको नेतृत्वमा सरकार गठनको प्रयास गर्ने बताए।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/khabarad.gif)