![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/mechi-udhyog.gif)
![](https://www.onlinekhabar.com/wp-content/uploads/2024/06/mv1.gif)
कास्की। पोखरामा विद्यार्थी बोकेको स्कुल बस दुर्घटना भएको छ । पोखरा महानगरपालिका–२१ कुस्तीमा एलपी देवकोटा मेमोरियल इंग्लिस स्कुलको बस दुर्घटना भएको हो।
बस सडकबाट झन्डै ६० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ। बसमा चालक, सहचालक र २२ विद्यार्थीसहित २४ जना सवार थिए।
घाइते विद्यार्थीलाई उपचारका लागि अस्पताल ल्याइएको प्रहरीले जनाएको छ । थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।