झापा । झापा शिवसताक्षीका एक जना दिवङ्गत बुवाको १३ दिने किरियामा बसेकै समयमा निधन भएको छ ।शिवसताक्षी नगरपालिका-११ प्रणामी मन्दिर उत्तरका ४५ वर्षीय गणेश घिमिरेको बुबाको किरिया बसेकै अवस्थामा निधन भएको हो ।
काजक्रिया बसिरहेको अवस्थामा घिमिरेलाई अचानक पेट दुखेर उपचारका लागि आइतबार विराटनगर लगिएको थियो । उनको उपचारकै क्रममा सोमबार साँझ निधन भएको हो ।
सवारी दुर्घटनामा परी घाइते बुबा दिलबहादुर घिमिरेको साउन ७ गते उपचारका क्रममा निधन भएको थियो ।
बुवाको आठौँ दिनको काम गर्दागर्दै जेठा छोरा गणेशको निधन भएको परिवारले जनाएको छ ।