झापा । ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर भूकम्प गएको छ ।
आईतवार ताप्लेजुङको आँखोप आसपास केन्द्रविन्दु भएर चार दशमलव दुई रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ।
आज दिउँसो ४ः०४ मिनेटमा भूकम्प गएको थियो ।
यसअघि ताप्लेजुङकै खेजेनिम आसपास केन्द्रविन्दु भएर चार दशमवल एक रेक्टर स्केलको भूकम्प गएको थियो ।