मेचीनगर । आगामी चार वर्षको लागि प्रवीण थापाको अध्यक्षतामा नयाँ नेतृत्व चयन गर्दै झापा जिल्ला क्रिकेट संघको आठौँ साधारण सभा तथा जिल्ला अधिवेशन बुधवार सम्पन्न भएको छ । थापाको अध्यक्षतामा १५ सदस्यीय नयाँ नेतृत्व सर्वसम्मत चयन भएको हो ।
संघको उपाध्यक्षमा वीरु श्रेष्ठ, सचिवमा लाक्पा लामा, कोषाध्यक्ष चोलानाथ दाहाल सर्वसम्मत चयन भएका छन् ।
सदस्यहरूमा मनोज कट्वाल, हितेन्द्रमान मान श्रेष्ठ, सुरेश गुरागाईँ, अमित श्रेष्ठ, विनीत बास्तोला, कञ्चन उप्रेती, योगेन्द्र खड्का, जिवेश ओली, नारद नेपाल, तुलसी कार्की र हिमाल पोर्तेल विश्वकर्मा सर्वसम्मत चयन भएको अध्यक्ष थापाले जानकारी दिए ।
संघले क्रिकेट खेलको माध्यमबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय टिममा सहभागी भएर विभिन्न रेकर्डहरू बनाउन सफल राष्ट्रिय महिला क्रिकेट टिमको कप्तान रुविना क्षेत्रीसहित अन्य खेलाडी र दुईजना प्रशिक्षक गरी कुल १२ जनालाई सम्मान गरेको छ । काँकडभिट्टास्थित खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको सभा हलमा भएको कार्यक्रममा प्रशिक्षकहरू लाक्पा लामा र वीरु श्रेष्ठलाई सम्मान गरिएको थियो ।
कार्यक्रममा खेलाडीहरू रुविना क्षेत्री, सबनम राई, काजल श्रेष्ठ, सङ्गीता राई, लकिता राजवंशी, निङ्मा तामाङ, दिपु भुजेल, ज्योति दर्नाल र रोमा थापालाई सम्मान गरियो । कार्यक्रमका प्रमुख अतिथि कोशी प्रदेशसभा सदस्य गोपाल तामाङ र विशिष्ट अतिथि मेचीनगर नगरपालिका उपप्रमुख मीना पोखरेल उप्रेतीले सम्मानित सबैलाई संयुक्त रुपमा सम्मान पत्र प्रदान गरेकी थिइन् ।
कार्यक्रममा मेचीनगर ६ का वडाध्यक्ष ललितबहादुर तामाङ, नाइट चेस क्लबका अध्यक्ष राजु कार्की, झापा जिल्ला खेलकुद विकास समितिका पूर्व अध्यक्ष शङ्कर थापा, मेची सामुदायिक सेवा केन्द्रका अध्यक्ष मुक्ति पौडेल लगायतले शुभकामना मन्तव्य राखेका थिए ।
कार्यक्रममा मेची भन्सार कार्यालयका प्रमुख रामप्रसाद रेग्मी, होटेल व्यवसायी संघ मेचीनगर अध्यक्ष सुरेश श्रेष्ठ, मेची उद्योग वाणिज्य संघ मेचीनगर अध्यक्ष खेमराज प्रसाईँ लगायतको आतिथ्य रहेको थियो ।
संघका अध्यक्ष प्रवीण थापाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा स्वागत सचिव लाक्पा तामाङले गरेका थिए भने पूर्व जिल्ला सदस्य तुलसी कार्कीको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।