तरुण राई,
२५ श्रावन २०८१,
मेचीनगर । एक्का नेपालद्धारा बाल क्लबलाई क्षमता अभिबृद्वि तालिम सम्पन्न भएको छ । मेचीनगर नगरपालिका ९, धुलाबारी अवस्थित मेचीनगर बचत तथा ऋण सहकारी संस्थाको भवनमा विद्यालयमा रहेको बाल क्लबलाई ५ दिने क्षमता अभिवृद्धि तालिम दिएका हुन् ।
२१ श्रवण देखि २५ श्रवण सम्म संचालन भएको ५ दिने क्षमता अभिवृद्धि तालिममा एक्का नेपाल सम्बन्धित झापाका ५ समुदाय विद्यालयका साथै १ निजी विद्यालय गरी जम्मा ६ विद्यालयबाट ३ जना विद्यालय बाल क्लबका विद्यार्थी प्रतिनिधि र १ जना संरक्षक शिक्षक गरी जम्म ४ जना सहभागी भएका थिए।
सो क्षमाता अभिवृद्धि तालिममा एक्का नेपालको कार्यक्रम अधिकृत अस्मिता राई, काउन्सेलरहरु प्रियंका दनुवार, चाँदनी अन्सारी, विशाखा श्रेष्ठ, सरिता घिमिरे र सलिन सुब्बाद्धारा प्रशिक्षण गर्नु भएको थियो।
एक्का नेपालले एक्का सम्बन्धित पूर्वका १६ वाट विद्यालयहरुमा रहेको विद्यालय बाल क्लब र समुदायहरुमा भि-भिन्न जनचेतनामूलक कार्यक्रमहरु, वातावरण संरक्षण सम्बन्धित कार्यक्रमहरु, अपाङ्गता सम्बन्धित जनचेतनामूलक कार्यक्रमहरु, महिनावारी सर-सफाइ व्यस्थापनका साथै क्षमता अभिवृद्धि तालिमहरु संचालन गर्दै आइरहेको छ।