![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं । भदौ महिनाको लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर साउनको तुलनामा बढेको छ भने केहीको घटेको छ । केही बैंकले भने साउनकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
अधिकांश बैंकले १०।८९६५ ब्याजदर निर्धारण गरेका छन् । वाणिज्य बैंकहरुले लामो समयदेखि भद्र सहमतिका नाममा गर्दै आएको ‘ब्याजदर कार्टेलिङ’ को अन्त्य गरेसँगै साउनदेखि बैंकहरुले फरक फरक ब्याजदर निर्धारण गर्दै आएका छन् ।
केही बैंकहरुले मुद्दति निक्षेपको ब्याजदर अघिल्लो महिनाको तुलनामा बढाएका छन् भने केही बैंकले घटाएका छन् । बैंकहरुले निक्षेपको ब्याजदर परिर्वतन गर्दा औसत १०५ विन्दुले घटाउन वा बढाउन सक्ने व्यवस्था रहेको छ । सोहीअनुसार वाणिज्य बैंकहरुले भदौका लागी नयाँ ब्याजदर निर्धारण गरेको छन् ।
![](https://i0.wp.com/www.newsofnepal.com/wp-content/uploads/2023/08/news_z40infyr0n2.png?resize=740%2C455&ssl=1)
Facebook Comments Box
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/khabarad.gif)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/1-1-1.gif)