५ भाद्र २०८०, मंगलवार,
फुङलिङ । प्रथम ताप्लेजुङ् गोल्डकप फुटबल प्रतियोगिता भदौ १४ गतेदेखि ताप्लेजुङमा सुरु हुँदैछ। भदौ २० गतेसम्म चल्ने प्रतियोगिता ताप्लेजुङ सदरमुकाम फुङलिङस्थित भानु माविको खेल मैदानमा सञ्चालन हुनेछ।
प्रतियोगितामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गरी ८ टोलीहरुको सहभागिता रहने ताप्लेजुङ गोल्डकपका अध्यक्ष देवराज गुरुङले जानकारी दिए । खेल हेर्ने दर्शकका लागि करिब १० हजार दर्शक अटाउने गरी बाँसको अस्थायी प्यारापिट निर्माण गरिने छ।
मैदानको उत्तरतर्फको भागमा सिमेन्टको स्थायी प्यारापिट छ। १० हजार दर्शकले खेल अवलोकन गर्न सक्ने आयोजनाले जनाएको छ। ताप्लेजुङ् फूटबल संघका अध्यक्ष अशोक चेम्जोङ प्रतियोगिताको लागि खुशी देखिन्छन्।
प्रतियोगिताको विजेताले तीन लाख ११ हजार र उपविजेताले एक लाख ५१ हजार रुपैयाँसहित ट्रफी पाउने छन्। प्रतियोगिता सम्पन्न गर्न करिब ४१ लाख खर्च हुने आयोजकका कोषाध्यक्ष निरोज श्रेष्ठले जानकारी दिए ।