झापा । नेपाल शिक्षक महासंघ मेचीनगरले असोज ३ गतेदेखि मेचीनगर क्षेत्रका सबै विद्यालय बन्द गर्न आव्हान गरेको छ ।
महासंघ नगरसमिति र शिक्षक तथा कर्मचारीहरुका विभिन्न संगठनको संयुक्त बैठकले शिक्षा बिद्येयकमा भएका बिषय संशोधनका लागि शिक्षक महासंघको आव्हानमा असोज ३ गतेदेखि हुने काठमाण्डौ केन्द्रीत आन्दोलनमा सहभागि हुन मेचीनगरका सबै विद्यालय बन्द गरेर काठमाण्डौको आन्दोलनमा सहभागि हुन आव्हान गरेको छ ।
धुलाबारीमा आज बसेको बैठक पछि महासंघ र शिक्षकसंग सम्बद्ध विभिन्न संगठनहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ, ‘आन्दोलनमा जानु शिक्षकहरुको रहर होईन बाध्यता हो ।’
सरकारले शिक्षक महासंघसंग गरेको पटक पटकको सहमति उल्लघंन गर्दै शिक्षा विद्येयक संसदमा दर्ता गरेकोका कारण आन्दोलनमा उत्रिनु परेको विज्ञप्तीमा उल्लेख छ ।