![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड एसियाली खेलकुद महोत्सवको उद्घाटन समारोहमा सहभागी भएका छन् ।
प्रधानमन्त्री प्रचण्ड शनिबार साँझ एसियाली खेलकुद महोत्सवमा उद्घाटन समारोहमा सहभागी भएका हुन् ।
त्यसअघि आजै दिउँसो चार बजे प्रधानमन्त्री प्रचण्ड नेतृत्वको प्रतिनिधिमण्डलले चिनियाँ राष्ट्रपति सी जिनपिङ सँग भेटवार्ता गरेको थियो । साथै राष्ट्रपति सीले एसियाली खेलकुदमा सहभागी हुन आएका विशिष्ट पाहुनालाई दिएको दिवा भोज कार्यक्रममा पनि प्रधानमन्त्री प्रचण्ड सहभागी भएका थिए ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/09/asiayali-game.jpg)
![asia-khlkud (1)](https://npcdn.ratopati.com/media/news/asia-khlkud-(1)_pAI54GkxzX.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/1-1-1.gif)
प्रधानमन्त्री प्रचण्ड शनिबार बिहान चिनियाँ समय अनुसार १०ः १० बजे चीन पुगेका थिए । उनको चीन भ्रमण एकसाताको हुनेछ । प्रधानमन्त्री हाङचौंबाट, बेइजिङ, छोङछिङ, तिब्बत र छेन्दु हुँदै ३० सेप्टेम्बरमा नेपाल फर्कने कार्य तालिका रहेको छ ।
![asia-khlkud (3)](https://npcdn.ratopati.com/media/news/asia-khlkud-(3)_dMV9JTCyOk.jpg)
![asia-khlkud (4)](https://npcdn.ratopati.com/media/news/asia-khlkud-(4)_w8h04vY2t2.jpg)
![asia-khlkud (5)](https://npcdn.ratopati.com/media/news/asia-khlkud-(5)_4Ac09vWh3Y.jpg)
![asia-khlkud (6)](https://npcdn.ratopati.com/media/news/asia-khlkud-(6)_nKRgTt2Pxb.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/07/khabarad.gif)