झापा । कोशी प्रदेशका प्रदेश प्रमुखले १६८ (५) अन्तरगत कोशी प्रदेशमा सरकार गठनको आह्वान गरेका छन् । मुख्यमन्त्री हिक्मतकुमार कार्कीले राजीनामा दिएसँगै प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार गठनका लागि पाँच दिनको समय दिएर सरकार गठनको आव्हान गरेका छन् ।
संविधानको धारा १६८ को उपधारा (५) अनुसार नयाँ सरकार गठनको लागि आव्हान गर्दै प्रदेश प्रमुख खापुङले उक्त समय दिएका हुन् । अब बहुमत पुर्याउन सक्ने प्रदेश सांसद्ले मुख्यमन्त्री नियुक्तिका लागि दावी पेश गर्न सक्छन् । मिडियामार्फत नेकपा माओबादीका नेता इन्द्र आंगबो, नेपाली कांग्रेसका नेता उद्धव थापा र राप्रपाका नेता भक्ति सिटौलाले मुख्यमन्त्रीको दावी गरेका छन् ।