![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौँः सरकारले कार्तिक १७ र १८ गते राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम कार्तिक १७ र १८ गते तय गरिएको स्वास्थ्य सेवा विभाग अन्तर्गतको परिवार कल्याण महाशाखाले जनाएको छ।
![](https://nayatrishna.com/wp-content/uploads/2023/08/1-1.gif)
सरकारले यसअघि प्रत्येक वर्ष पहिलो चरण कार्तिक २ र ३ गते तथा दोस्रो चरण वैशाख ६ र ७ गते गरी दुई पटक सो कार्यक्रम सञ्चालन गर्दै आइरहेको थियो। तर, यस वर्ष दशैं परेका कारण पहिलो चरणको कार्यक्रम कार्तिक १७ र १८ गते संचालन गर्न लागिएको हो।
महाशाखा प्रमुख डा. विवेक कर्ण लालका अनुसार दुई दिने अभियानमा ६ देखि ५९ महिनाका करिब ३२ लाख बालबालिकाहरुलाई भिटामिन ‘ए’ क्याप्सुल खुवाइने छ। यसैगरी १ देखि ५ वर्षसम्मका २९ लाख भन्दा बढी बालबालिकाहरुलाई जुकाको औषधि खुवाइने छ।
सरकारले २०५० सालदेखि राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम सञ्चालन गर्दै आएको छ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/10/392418038_720375763452642_7087740132761117814_n.gif)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/10/mechinagar-palika-nagarik.jpeg)