काठमाडौँ । काठमाडौँमा नेकपा (एमाले)को भातृ संगठन युवा संघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको समूहले शक्ति प्रदर्शन गरेका छन् ।
निकै चासोपूर्वक हेरिएको दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान’का समर्थकहरूले जिल्ला प्रशासन कार्यालयसँगको समन्वयमा बिहीबार काठमाडौँको बल्खुमा प्रदर्शन गरेका हुन् । प्रदर्शन स्थलमा नेपाल प्रहरी, सशस्त्र र राष्ट्रिय अनुसन्धान विभागका सुरक्षाकर्मीहरू परिचालन गरिएको थियो ।
युवा संघले तीनकुनेमा आयोजना गरेको प्रदर्शन भन्दा बल्खुको प्रदर्शन हिंसात्मक देखिएको छ । दुवै समूहले माइतीघरमा प्रदर्शन गर्न खोजेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौँले फरक–फरक स्थान तोकेर माइतीघरमा ‘निषेधाज्ञा’ जारी गरेको थियो ।