![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काठमाडौं । राष्ट्रिय मानवअधिकार आयोगले घृणा फैलाउने अभिव्यक्तिहरु रोक्न आग्रह गरेको छ । बिहीबार काठमाडौंमा भएको प्रर्दशनहरुमा एक अर्कालाई लक्षित गरी घृणायुक्त अभिव्यक्ति दिएको पाइएको आयोगले बताएको छ ।
आयोगले शुक्रबार वक्तव्य जारी गर्दै भनेको छ, ‘यस प्रकारका घृणायुक्त गतिविधिहरु नेपालको संविधान, राष्ट्रिय र अन्तर्राष्ट्रिय कानुन एवं मानवअधिकारको मुल्य मान्यता विपरित भएको आयोगको ठहर छ ।’
आयोगले आफ्ना विमतिहरु राख्दा र विरोधका कार्यक्रमहरु गर्दा संविधान र कानुनको परिधिभित्र रहन र कसैप्रति लक्षित घृष्णायुक्त अभिव्यक्ति नदिन, सामाजिक सजालशहरुमा नराख्न समते आग्रह गरेको छ ।
साथै प्रदर्शनकारीमाथि अनावश्यक बल प्रयोग र धरपकड नगर्न समेत सरकारलाई आग्रह गरेको छ ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/11/Human-rights-Comission-release-792x1024.jpg)