इस्लामवाद । पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खानको रिहाइको माग गर्दै आइतबारदेखि सुरु भएको विरोध प्रदर्शन हिंसात्मक बनेको छ । जियो टिभीका अनुसार इमरान खानका सयौं समर्थक इस्लामाबादमा प्रवेश गरेका छन् ।
सेनाले ढुवानी कन्टेनर राखेर राजधानी जाने राजमार्ग अवरुद्ध गरे पनि प्रदर्शनकारीले लिफ्टिङ मेसिन र केही हेभी मेसिनको सहायताले ब्यारिकेड तोडेका छन् ।
प्रदर्शनकारीहरूले श्रीनगर राजमार्गमा सुरक्षा बलहरूमाथि आक्रमण गरेका थिए । जसमा ४ सैनिक र २ प्रहरीको मृत्यु भएको थियो। यस घटनामा ५ सैनिक र २ प्रहरी पनि घाइते भएका छन् ।
समाचार अनुसार हिंसामा हालसम्म एक सयभन्दा बढी प्रहरी घाइते भएका छन् । अधिकांशको अवस्था गम्भीर छ ।इमरान खानको पार्टीले हिंसात्मक प्रदर्शनमा आफ्ना कार्यकर्ता पनि घाइते भएको दाबी गरेको छ ।
राजधानी इस्लामावादमा हिंसा नियन्त्रण गर्न धारा २४५ लगाइएको छ । प्रदर्शनकारीलाई देख्ने बित्तिकै गोली हान्न आदेश दिइएको छ ।
पाकिस्तानी सेनालाई कानुन र व्यवस्था कायम राख्न कुनै पनि क्षेत्रमा कर्फ्यु लगाउने अधिकार दिइएको छ।