झापा । युक्रेन–रुस युद्धमा परी इलामका एक सहित चार नेपालीको मृत्यु भएको भएको छ । मृत्यु हुनेमा इलामका गंगाराज मोक्तान,स्याङ्जाका प्रितम कार्की, दोलखाका राजकुमार रोक्का, रहेको मस्कोस्थित नेपाली दूतावासले जनाएको छ ।
दूतावासले रोक्का, मोक्तान र कार्कीको गत कात्तिक २९ मा युक्रेनको भूमिमा मृत्यु भएको जानकारी दिँदै मारिने तीन जनाको परिवारसँग सम्पर्क गर्न काठमाडौं त्रिपुरेश्वरस्थित कन्सुलर सेवा विभागलाई पत्र लेखेको छ ।
रूसी सेनाको अधिकारीबाट टेलिग्राममार्फत् मेडिकल डेथ सर्टिफिकेट प्राप्त भएको भन्दै दुतावासले मृतकहरूको शव व्यवस्थापन लगायका प्रकृयामा सहजीकरण गर्न भनेको छ ।
रूसी सेनामा कार्यरत रहेकै बेला उनीहरूको मृत्यु भएको बताइएको छ । त्यसअघि असार २९ मा गोरखाका सन्दिप थपलिया युक्रेनको बाखमुतमा मारिएका थिए ।
रुसले थपलियाको शव नेपाल पठाउन नमिल्ने भन्दै असार २९ मा रुसको इभानोभोको नाभो–तालिस्टीस्थित चिहानमा समाधिस्थ गरिदिएको थियो । यसबाहेक पनि थप नेपाली युद्धमा परेको हुन सक्ने आशंका गरिएको छ ।
रुसी सेनामा भर्ती हुने नेपालीको यकिन विवरण नराखेको नेपाल सरकारले यसबारे रुसी सरकारसँग कुराकानी भइरहेको जनाएको छ ।