![](https://khabarpostonline.com/wp-content/uploads/2024/06/Homraj13.jpg)
काँकरभिट्टा । काँकरभिट्टामा माइती नेपालले विश्व एड्स दिवस मनाएको छ । आज बिहिबार लैंगिक हिंसा विरूद्धको १६ दिने अभियानको अवसरमा माइती नेपालले इलाका प्रहरी काँकरभिट्टाको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न गरेको हो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/11/34-1024x450.jpg)
इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायब उपरीक्षक (डीएसपी) दिपक भारती र मेचीनगर ६ का अध्यक्ष ललितबहादुर तामाङको बाहुलीबाट दिप प्रज्वलनगरी उद्ध्घाटन भएको थियो ।
बेलुका पूर्वी नाकामा विश्व एड्स दिवस मनाउँदै दिप प्रज्वलन कार्यक्रमगरि माइती नेपालका कोशी प्रदेश प्रमुख गोविन्द घिमिरेले जसरी दिपप्रज्वलनद्धारा उज्यालो छायो त्यसरीनै सबैको भबिश्य उज्वल होस भन्दै शुभकामना दिनुभएको थियो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/11/4-1024x771.jpg)
कार्यक्रममा मेचीनगर ६ का अध्यक्ष ललितबहादुर तामाङ्ग, नेपाल प्रहरी, शसस्त्र प्रहरी, नाकामा रहेका सक्रिय संघसंस्थाहरु र अन्य सरोकारवालालगायतको सहभागीतामा रहेको थियो ।
सन् १९८८ देखि हरेक वर्ष डिसेम्बर १ मा यो विश्व एड्स दिवस मनाउन सुरु गरिएको हो ।
![](https://khabarpostonline.com/wp-content/uploads/2023/11/2-1024x450.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/11/6-1024x450.jpg)
![](https://khabarpostonline.com/wp-content/uploads/2023/11/77-1024x450.jpg)