झापा–झापाको कमल–२ समयगढ,थापा गाउँ निवासी आगलागी पीडित परिवार नरवती श्रेष्ठ परिवारलाई मंसिर २५ गते मंगलबार देश विदेशबाट जुटेको आर्थिक सहयोग रकम रु.४५,००० एक कार्यक्रम गरी समाजसेवी पास्टर बिर बहादुर तामाङले हस्तान्तरण गरेका छन्।
कार्तिक २४ गते आइतबार बिहान करिब ३:०० बजेको समयमा भएको आगलागीले घर र घरमा लत्ताकपडाहरु, भाडाबर्तनहरु, खाद्यान्य सामाग्रीहरुसहित अरु धनमाल जलेर खरानी भएको थियो ।
कमजोर आर्थिक अवस्थाकी नरवती श्रेष्ठको परिवारमा १० जना छन् । एक कठ्ठा जमिनमा श्रेष्ठको घरसहित करेसाबारी रहेको छ । बिजुली सर्ट भई आगलागी भएको थियो । सो क्रममा खाना पकाउने सिलिन्डरसमेत आगलागीमा परेर बिष्फोट भएको थियो । आगलागी पीडित परिवारलाई प्रार्थनासहित सहयोगको हात बधाई दिन सामाजसेवी व्यक्तित्व पास्टर बिर बहादुर तामाङले प्रार्थना विषय राख्नु थियो। सोही विषयलाई मध्यनजर गरी आगलागि पीडित परिवारलाई पा. फिलिप क्षेत्री USA बाट रु.३०,००० सुकमान गोले USA रु.१०,००० सङगा कुवँर नेपालबाट रु.५,००० सहयोग गर्नु भएको छ।सो आर्थिक सहयोग रकमले पीडित परिवारलाई धेरै ठूलो मिलेको छिमेकी मनु राईले बताउनु भयो।
आर्थिक रकम हस्तान्तरण कार्यक्रममा कमल गाउँपालिका ईसाई समाजका पूर्व अध्यक्ष रेभ.भिक्टोर सुनुवार, झापा जिल्ला इसाई समाजका महिला उपध्यक्ष अनुग्रह तामाङ,कमल गाउँपालिका नारी ईसाई समाजका निवर्तमान अध्यक्ष बसन्त कुमारी आङदेम्बे राईको उपस्थिति रहेको थियो।