काठमाडौँ।
नक्कली भुटानी शरणार्थी प्रकरणका आरोपी बेचन झा र प्रतिक थापालाई थुनामै पठाउन उच्च अदालत पाटनले आदेश दिएको छ । न्यायाधीशहरू अञ्जु उप्रेती ढकाल र कैलाशप्रसाद सुवेदीको इजलासले दुवै जनालाई थुनामा राख्ने काठमाडौं जिल्ला अदालतको आदेशलाई सदर गरेको हो ।
जिल्ला अदालत काठमाडौंले आफूलाई गैरकानूनी रुपमा थुनामा पठाएको भन्दै झाले उच्च अदालत पाटनमा निवेदन दिएका थिए । निवेदनको सुनुवाइपछि उच्च अदालतले जिल्ला अदालतको आदेश नै सदर गरिदिएको छ ।
झामाथि अरु आरोपितहरूलाई झैं ठगी, लिखत किर्ते, राज्यविरुद्धको अपराध अनि संगठित अपराधको आरोप थियो ।
दुवैलाई २ भदौ २०८१ मा जिल्ला अदालत काठमाडौंले थुनामा राख्न आदेश दिएको थियो ।