२९ मंसिर ,
झापा । नेपाल पत्रकार महासंघको केन्द्रीय परिसद् सदस्यमा झापाबाट २ जना निर्वाचित भएका छन् भने २ जना निर्विरोध भए ।
महासंघ झापाको राति १० वजे सम्पन्न केन्द्रीय परिसद् सदस्यको मतपरिणाम अनुसार केन्द्रीय परिसद् सदस्यमा विष्णु सुब्बा र अर्जुन कार्की निर्वाचित भएका हुन् ।
निर्वाचन अधिकृत शिरो सान्दाईले केन्द्रीय परिसद् सदस्य पदमा विष्णु सुब्बाले १०१ र अर्जुन कार्कीले ९९ मत ल्याएर निर्वाचित भएको जानकारी दिए ।
केन्द्रीय परिसद् सदस्य पदका प्रतिस्पर्धीहरु कमन देवानले २८, नेत्रविक्रम विमलीले, पर्वत पोर्तेलले ६४ र होमप्रकाश अधिकारीले ५६ मत मात्र प्राप्त गरेको निर्वाचन अधिकृत सान्दाईले बताए ।
झापाबाट ४ जना केन्द्रीय परिसद् सदस्यमा ८ जनाको उम्मेदवारी दर्ता भएको थियो । २ जना यसअघि नै निर्विरोध निर्वाचित भएका थिए ।
निर्विरोध निर्वाचित हुनेमा महिलाबाट लिला अनमोल र आदिबासी जनाजातिबाट विशाल नेम्बाङ रहेका छन् ।