तरुण राई,
६ मंसिर,
धुलाबारी। एक्का नेपालको सहकार्यमा ‘परिवर्तनका लागि यूवा’द्धारा मेचीनगर नगरपालिका -१०, धुलाबारी अवस्थित मेची अन्जुमन इस्लमिया मदरसाको प्राङगणमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ ।
‘परिवर्तनका लागि यूवा’का काउन्सेलर चाँदनी अन्सारीले महिलामा हुने महिनावारी धार्मिक दोष नभएर यो प्रकृति प्रक्रिया भएकोले महिनावारी भएका बेला विशेष आहार र सरसफाइ गर्नुपर्ने बताउनु भयो साथै महिनावारी हुँदा कसरी सरसफाइ गर्ने तौर तरिकाबारेमा जानकारी दिनुभयो ।
परिवर्तनका लागी यूवा’का काउन्सेलर प्रियंका दनुवारले महिनावारी हुँदा पुन प्रयोग गर्न मिल्ने प्याड सम्बन्धी प्रयोग गर्ने बिधि र सरसफाइ गर्ने तरिकाको बारेमा जानकारी दिनुभयो।
मेची अन्जुमन इस्लमिया मदरसाका मौलाना राज अलीले यस प्रकारको अभिमुखिकरण कार्यक्रम हाम्रो मुस्लिम समुदायमा नौलो भएको र यस्ता अभिमुकिकरण कार्यक्रमले मुस्लिम समुदायका आमा, दिदी-बहिनीहरुमा महिनावारी स्वच्छता व्यवस्थापन सम्बन्धी चेतना वृद्धि भएको र ‘परिवर्तनका लागी यूवा’लाई धन्यवाद दिनुभयो।
‘परिवर्तनका लागी यूवा’का काउन्सेलर विष्णु प्रसाईले ‘परिवर्तनका लागी यूवा’को बारेमा जानकारि दिनुभयो । काउन्सेलर सलिन सुब्बाले संचालन गर्नु भएको सो अन्तरक्रिया कार्यक्रमा धुलाबारी अवस्थित मेची अन्जुमन इस्लमिया मदरसा मुस्लिम समुदायका ६० जान भन्दा बढी आमा, दिदी-बहिनी सहभागिहरुमा पुन प्रयोग गर्न मिल्ने महिनावारी प्याड वितरण गरियो।