१६ चैत्र २०७९, बिहीबार,
काँकरभिट्टा ।अवैद्य रुपमा नेपाल ल्याउँदै गरेको माछा र कुखुराको मासु सशस्त्र प्रहरीले नियन्त्रणमा लिइ नष्ट गरेको छ ।
बिओपी काँकरभिट्टाबाट खटिएको टोलीले आज(बिहिवार) नेपाल—भारत सीमा मेची पुलबाट अन्दाजी २० हजार मुल्य बराबरको ५० केजी ब्रोइलर कुखुराको मासु र अन्दाजी तिन हजार मुल्य बराबरको १० केजी माछा नियन्त्रणमा लिएको थियो ।
उक्त मासु तथा माछा पशु क्वारेन्टाइन कार्यालय, जिल्ला कुखुरा व्यवसायी संघ लगायतका प्रतिनिधिको उपस्थितीमा खाल्डो खनी नष्ट गरिएको बिओपी काँकरभिट्टाका प्रमुख निर्मल थापाले जानकारी दिएकाछन् ।
चौतारी पोष्ट अनलाइनबाट