१७ चैत्र २०७९, शुक्रबार,
मेचीनगर । कोशी प्रदेश नामाङ्कनको खारेजीको माग गर्दै झापाको मेचीनगर नगरपालिका कार्यालयमा पहिचान पक्षधरहरुले आज तालाबन्दि गरेकाछन् । पहिचान पक्षधरहरुको संयुक्त संघर्ष समितिको निर्धारित कार्यक्रम अनुसार तालाबन्दी गरिएको जसपा नेता ओमप्रकाश खापुङ्गले बताए ।
पहिचान पक्षधरहरुले नारावाजीका साथ मेचीनगर नगरपालिकाको कार्यालयमा पुगेर कार्यालय प्रवेशको गेटमा ताला लगाएका थिए । तालाबन्दी गर्न अघि उनीहरुले कार्यालयमा रहेका जनप्रतिनिधि र कर्मचारीहरुलाई बाहिर निस्कन तीन मिनेटको समय दिएका थिए ।
नगरका मेयर गोपालचन्द्र बुढाथोकी र उपमेयर मिना उप्रेती आन्दोलनकारीले बाहिर निस्कन आग्रह गरेपछि कार्यालयबाट बाहिर निस्केका थिए ।