वासिङ्टन । अमेरिकाको अलाबामा राज्यको एउटा सानो सहरमा भएको गोलीकाण्डमा परी कम्तीमा चार जनाको मृत्यु हुनुका साथै कैयौँ घाइते भएका प्रहरीले आइतबार जनाएको छ ।
राज्यको राजधानी मोन्टगोमरीको उत्तरपूर्वमा रहेको डाडेभिलस्थित एक डान्स केन्द्रमा शनिबार राति स्वीट १६ नामक जन्मदिनको पार्टीमा कम्तीमा २० जनालाई गोली लागेको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् ।
अलाबामाको कानून प्रवर्तन एजेन्सीले एक विज्ञप्ति जारी गर्दै भनेको छ, ‘अहिले चार जनाको मृत्यु भएको पुष्टि भएको छ र धेरै घाइते भएका छन् ।’