मेचीनगर । काकरभिट्टा बर्मेली टोलमा अवस्थित एमिटी पव्लिक स्कूलले आफ्नो पाँचौ स्थापना दिवस मनाए। आफ्नो स्थापना दिवस कार्यक्रमको अवसरमा विद्यालयमा अवस्थित बाल क्लबद्धारा एक्का नेपालको ‘ग्लोब’ कार्यक्रमको प्रदर्शन गरेका थिए।
विद्यालय अवस्थित एमिटी प्रकृति क्लबले तीन ओटा ‘स्टल’ राखेर क्लबका सचिब जेनिश भट्टराई, उपध्यक्ष उज्वल भुजेल र सदस्य बनिशा ढकालद्धारा जिल्ला शिक्षा तथा सम्नयण निकायका झापाका प्रमुख राम बहादुर विश्वकर्मा लगायत विद्यार्थीका अभिभावक र अन्य समाजिक अभियन्ताहरुको माझमा ‘ग्लोब’ अन्तर्गत रहेको मच्छर सम्बन्धि अध्ययन, पिउने पानीको शुद्धिकारण माफन गर्ने तरिका तथा पानी शुद्धिकरण गर्ने बिधि र वाटसोल निर्माण गर्ने प्रक्रिया र बिधि बारेमा जानकारी गराएका थिए।
एक्का नेपालले विगत आठ बर्ष देखी एमिटी पब्लिक स्कूलका क्लका विद्यार्थीहरुलाई विद्यालय वातावरण, खाने पानी तथा सर-सफाई, बाल अधिकार र बाल बालिकाहरुको क्षमता अभिवृद्धि जस्तो उपयोगी तालिम र जनचेतनत्मक कार्यक्रम गर्दै आई रहेका छन् साथै एक्का नेपालको सायोगमा एमिटी प्रकृतीक्लबले ‘ग्लोब’ अन्तर्गत भि-भिन्न कर्यक्रम संचालन गर्दै आईरहेको छ।