कास्की । गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले विश्वासको मत पाउन असफल भएका छन् ।प्रदेश सभाको शनिबारको बैठकमा उनले विश्वासको मत पाउँ भनी गरेको प्रस्ताव निर्णयार्थ प्रस्तुत हुँदा मुख्यमन्त्रीले बहुमत प्राप्त गर्न नसकेका हुन् ।
योसँगै एमाले नेतृत्वको गण्डकी प्रदेश सरकार करिब एक सय दिनमै ढलेको छ । ६० सदस्यीय प्रदेश सभामा मत विभाजन हुँदा २४ सांसदले मात्र उनलाई विश्वासको मत दिएका छन् ।
विपक्षमा ३५ मत खसेको छ । बहुमतका लागि ३१ मत आवश्यक पर्छ ।
गण्डकी सरकार ढलेसँगै अब प्रदेश प्रमुख पृथ्वीमान गुरुङले नयाँ सरकार गठनका लागि आह्वान गर्ने छन् ।