झापा । नेपाली ख्रीष्टियन नागरिक संघ र झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल भेटघाट सम्पन्न भएको छ । आज शुक्रबार नेपाली ख्रीष्टियन नागरिक संघ केन्द्रीय प्रतिनिधि, जिल्ला प्रतिनिधिहरु प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको कार्यकक्षमा गई भेटवार्ता भएको हो ।
आगामी जेष्ठ २४ गते हुन लागेको नागरिक संघ केन्द्रीयको ८औ साधारण सभाको लागि विशिष्ट अतिथिको रुपमा निमन्त्रणा पत्र बुझाएको छ।
झापाको बुद्वशान्ति गाउँपालिका २ बुधबारे इविसि चर्च भवनमा संघ साधारण सभा हुने भएको नेपाली ख्रीष्टियन नागरिक संघका जिल्ला उपाध्यक्ष गोरखमान राईले बताए ।
झापाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेलको कार्यकक्षमा संघका केन्द्रीय उपाध्यक्ष केशरबहादुर श्रेष्ठ, सचिव रबिन राई, कोषाध्यक्ष आरती तामाङ र जिल्ला उपाध्यक्ष गोरखमान राई गएका थिए। पत्र बुझाउने क्रममा संघका कोषाध्यक्ष तामाङले सम्मानकासाथ खदा अर्पण गरिएकी थिइन् ।
त्यसैगरी जिल्ला प्रमुखले निमन्त्रणा पत्रलाई स्वीकार गर्दै भने,–“सबैको आस्थालाई बराबर सम्मान गर्छु,” तपाईहरुको निमन्त्रणालाई सहर्ष स्वीकार गर्छु । तर अहिले प्रदेश न १ को पहिचान वादीहरुको आन्दोलनले गर्दा म नआउन पनि सक्छु । तर पनि मलाई एकदिन अगाडि फोन सम्पर्क गर्नु ,सबैलाई शान्ति चाहिएको छ, खाँचो छ, हामी सद्भाव र संस्कारले जानुपर्छ, तपाईहरुको संघ दर्ता भएको छ, एकदम राम्रो छ, हामी पनि साथ दिन्छौं र तपाईहरुले पनि साथसहयोग गर्नुपर्ने उनको भनाई थियो ।
प्रमुख जिल्ला अधिकारी साथै सम्पूर्ण देशैभरिको प्रशासन, सरकारको र देशको समृद्धिको निम्ति कार्यकक्षमा उपाध्यक्ष श्रेष्ठले प्रार्थना गरिएका थिए ।