मेचीनगर । स्थानीय क्षेत्रको पहिचानलाई प्रर्वद्धन गर्ने उद्देश्यले मेचीनगरको धाइजनमा आजदेखि धाइजन−दुहागढी सांस्कृतिक तथा सांगीतिक महोत्सव सुरु भएको छ ।
मेचीनगर- १४ को आयोजना रहेको सास्कृतिक महोत्सवको मेचीनगर नगरपालिकाकी उपप्रमुख मिना पोखरेलले आज उद्घाटन गरेकी हुन ।
जेठ ३१ गतेसम्म सञ्चालन हुने महोत्सवमा स्थानीय क्षेत्रको पहिचान तथा प्रतिष्ठानलाई सहयोग गर्ने उद्देश्य राखेर महोत्सव आयोजना गरिएको महोत्सव संयोजक सुरेश बुढाथोकीले जानकारी दिए । मेचीनगर−१४ धाइजन चोक उत्तरमा रहेकाे महोत्सवमा २० वटाबढी स्टल रहेका छन् ।
महोत्सवमा स्थानीय उत्पादनलाई प्राथमिकता दिइने महोत्सव समितिका सदस्य राजन प्रसाईले बताए । महोत्सव अवधिभर राष्ट्र्रिय तथा स्थानीय कलाकारको दैनिक प्रस्तुति रहनेछ । साँझ ७ बजेपछि सांगीतिक कार्यक्रम आयोजना गरिनेछ ।
महोत्वसमा चर्चित राष्ट्रिय कलाकार सुगम पोख्ररेल, ज्योति मगर, रचना रिमाल, जिबफ लगायत अन्य कलाकारको बेजोड प्रस्तुति रहने महोत्सवका ठेकेदार गणेश राउतले बताए । महोत्सव प्रवेश शुल्क भने एक सय रुपैयाँ रहेकाे छ ।