नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले लामो छलफल र जनताको चाहनाअनुसार आजको संकटबाट प्रतिगामी र पश्चगामी शक्तिलाई फाइदा उठाउन दिनुहुँदैन भनेर मोर्चा गठनको निष्कर्षमा पुगेको बताएका छन् ।
सोमबार काठमाडौंमा आयोजित समाजवादी मोर्चा घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।
नागरिक छटपटी, निराशा र आशाको दोधारमा रहेको अवस्थामा यो विशिष्ट परिस्थितिमा लामो छलफल र जनताको चाहनाअनुसार मोर्चा गठनको निष्कर्षमा आफुहरू पुगेका बताए ।
उनले नेपालको स्वाधीनता जोगाउन नयाँ लडाइ अघि बढाउनुपर्छ भन्ने उद्देश्यले घोषणा भएको समाजवादी मोर्चा नेपालको राजनीतिमा नयाँ मोड दिने जिकिर गरे । मोर्चाले नेपाली जनताको समाजवादप्रतिको चाहाना पूरा गर्ने जिकिर गरे ।