काठमाडौं । युक्रेनको उत्तरी शहर चेर्निहिवमा रुसले मिसाइल आक्रमण गरेको छ । उक्त आक्रमणमा परी ६ वर्षका एक बालकसहित ७ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् ।
घाइतेमध्ये १२ जना बालबालिका रहेका युक्रेनका आन्तरिक मामिला मन्त्रालयले जानकारी दिएको छ । मिसाइल आक्रमणमा परी विश्वविद्यालय भवन र थियटर क्षतिग्रस्त भएका छन् ।
मानिसहरु चर्च जान लागेका बेला बाटोमा आक्रमणमा परेका हुन् । स्वीडेन भ्रमणमा पुगेका राष्ट्रपति भोलोदमेयर जेलेन्स्कीले पोलिटेक्निक विश्वविद्यालय र थियटरमा आक्रमण भएको टेलिग्राममा लेखेका छन् ।
आक्रमणमा मारिएकाहरुको सम्मानमा चेर्निहिव शहरमा ३ दिन शोक मनाइने भएको छ ।