मेचीनगर । नयाँ तृष्णा डटकम का सञ्चालक होमराज राईद्धारा लिखित “ सफल नेतृत्वपन ” पुस्तक बिमोचन भएको छ । बरिष्ठ साहित्यकार तथा लेखक आजको आत्मिक जगृती सम्मेलनका प्रमुख बक्ता रेभ प्रेरित ध्रूव शिष्यको बाहुलीबाट काँकरभिट्टाको कृपा फ्रि मेथोडिस्ट चर्च भवनमा आयोजित एक कार्यक्रममा उक्त पुस्तकको प्रार्थनागरी बिमोचन तथा लोकार्पण गरेको हो ।
पुस्तकमा सफल नेतृत्व भनेको के हो ?, असल अगुवामा हुनुपर्ने चरित्र वा गुणहरु, अगुवामा हुनुपर्ने योग्यता, अगुवाको काम कर्तब्य र अधिकार, अगुवापनमा असफल र आइपर्ने जोखिमहरु, सफल नेतृत्वपन, नेतृत्व सेवक कि शासक हो ?, अगुवाले याद गर्नु पर्ने कुराहरु, अगुवापनको शैलीहरुको बीचमा तुलना, योग्य नेतृत्वपनको आवश्यकता, अगुवाको मनोबृति, चर्चप्रति उत्तरदायित्व, आर्थिक व्यवस्थापन, बाइबल तथा ख्रीष्टियन जगतका प्रख्यात अगुवाहरु र सफल अगुवा परमेश्वरको आशिष जस्ता पन्ध्रवटा अध्याय समेटिएको छन् ।
पुस्तक विमोचन कार्यक्रमलाई सम्बोधन गर्दै बरिष्ठ साहित्यकार तथा लेखक साथै प्रेरित शिष्यले भन्नुभयो यो पुस्तकमा महत्वपूर्ण कुराहरु समेटिएको धेरै राम्रो र आशिषमय कुराहरु भएकाले किनेर पढ्न सबैलाई उत्साह दिनुभयो । उहाँले भन्नुभयो, मैले पनि धेरै खर्च गरेर पुस्तक छपाउँने गर्छु तर लगानी उठ्दैन ।
यस पुस्तकका लेखकका आफ्नै जीवन साथी एलिशा राईले प्रकाशक गर्नु भएकोमा उहाँको महान बिचार र सहयोगप्रति धन्यबाद दिनैपर्छ भन्दै सबैबाट तालिका बर्षा प्रकाशक राईलाई दिएका थिए ।
पुस्तक लेख्ने काममा धेरै परिश्रम, समयको खर्चदेखि लिएर आर्थिक चटारो भएर जानुपर्ने भएकाले निरन्तर कलम चलाइरहन उत्साहका लागि दुई हजार आर्थिक सहयोग प्रेरित शिष्यले लेखक राईलाई गर्नुभयो ।