झापा । झापाको विर्तामोडमा जारी झापा गोल्डकपको उपाधीका लागि चर्च ब्वाइज युनाइटेड फुटबल क्लव र सस्त्र प्रहारीको एपिएफ फुटबल क्लव बिच प्रतिस्पर्धा हुने भएको छ ।
डोमालाल रंगशालामा भोली दिउँसो दुइ बजे पछि सुरु हुने फाइनलमा दुवै टोली उपाधी हत्याउने दाउमा मैदान उत्रने छन् । एपिएफले अर्को बिभागिय टोली त्रिभुवन आर्मी क्लवलाई हराएर फाइनलको यात्रा तय गरेको हो ।
शुक्रबार भएको पहिलो सेमिफाइलनमा एपिएफले आर्मीलाई १–० ले पराजित गरेको थियो । त्यस्तै चर्च व्बाइजले भने हिजो भएको अन्तिम सेमिफाइनलमा आयोजक झापा ११ एफसीलाई पेनाल्टी सुटआउटमा ४–३ ले हराउँदै उपाधी नजिक पुगेको हो ।
यति ब्रुअरी मुख्य प्रायोजक एवं अन्तर्राष्ट्रिय झापाली समाज सहप्रायोजक र बिर्तामोड नगरपालिका संरक्षक रहेको झापा गोल्डकपको विजेताले १३ लाख रुपैयाँ र आकर्षक ट्रफि प्राप्त गर्नेछ भने उपविजेताले नगद ७ लाख प्राप्त गर्नेछ ।