काठमाडौँ। सहकारीको रकम हिनामिना र अपचलनमा जोडिएका उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेलाई पदबाट हटाउन माग गर्दै सर्वोच्च अदालतमा रिट दर्ता भएको छ ।
अनुपम भट्टराईले लामिछानेविरुद्द सोमबार सर्वोच्चमा रिट निवेदन दर्ता गराएका हुन् । उक्त रिटको जेठ १६ गते (बुधबार) पेशी तोकिएको छ ।
रिटमा सहकारी ठगी प्रकरणमा जोडिएका लामिछानेलाई पदबाट निलम्बन गर्न र उनीविरुद्ध कुनै मुद्दा छैन भन्ने महान्यायाधिवक्ता कार्यालयको पत्र खारेजीको माग गरिएको छ ।
यसअघि उक्त रिट दरपिठ भएको थियो । बदर माग गरेर इजलासमा निवेदन दिएपछि अदालतले दर्ता गर्न आदेश भएको हो ।