मेचीनगर । किरात राई यायोक्खाको आयोजनामा साकेला उभौली पर्व कार्यक्रम सम्पन्न भएको छ । आइतबार झापा किराँत समुदायको संयूक्त आयोजनामा उभौली पर्व भब्यताकासाथ मनाएको हो ।
झापामा रहेका विभिन्न नगर तथा पालिकाहरुबाट उपस्थित भई साकेला सिली समुहले आ–आफ्नो सिली प्रस्तुत गरेका थिए ।उपस्थित समूह बिर्तामोड, अर्जुनधारा, मेचीनगर, हल्दिबारी, बाह्रदसी, भद्रपुर र गोल्धापबाट सहभागी भएका थिए ।
प्रमुख अतिथि गणेशमान राईबाट पानसमा दियोबालेर कार्याक्रमको उद्घाटन गरिएको थियो । कार्याक्रमको अध्यक्ष जगत कुमार राईले गरेको थिए । त्यसैगरी अतिथिहरुमा खेम प्रसाद अधिकारी, जीवन बास्कोटा, गीता शर्मा रेग्मी, गणेश कुमार कन्दङ्वा रहेका थिए ।
कार्याक्रममा बोल्दै उभौली पर्वको अर्थ प्राकृतिक र पितृसंग आशिर्वाद लिने मुद्धुम अनुसार चलिआएको संस्कार र संकृति हो भन्दै एक बक्ताले प्रस्टाउनु भएको थियो ।
अर्जुनधारा, मेचीनगर र बिर्तामोडको संगम स्थल हरियाली बनक्षेत्र बिर्तामोड र बुट्टाबारीमा सम्पन्न कार्यक्रमको सञ्चालन धनसरी राईले गरेकी थिइन् ।