काँकरभिट्टा । काँकरभिट्टा खानेपानीको मतगणनामा अध्यक्ष पदका उम्मेद्वार रोहित कुमार बुढाथोकीले सुरूवाती अग्रता कायम गर्नु भएको छ ।
पहिलो दुइ सय मत गणना हुदा काँग्रेसका बुढाथोकीले ९५ मत प्राप्त गर्नु भएको छ । अध्यक्षका एमाले उम्मेद्वार सन्तोस आचार्यले ७६ मत पाउनु भएको छ । अध्यक्षमा रास्वपाका उम्मेद्वार सदर्शन खड्काले १६ मत पाउनु भएको छ ।
उपाध्यक्षमा एमालेका गोबिन्द गिरी १ सय ३, माओवादी केन्द्रका राजकुमार दाहाल ६३ र रास्वपाका कृष्ण सुवेदीले २० मत पाउनु भएको छ ।
त्यस्तै सचिवमा काँग्रेसका विशाल तामाङले ८९, जसपाका दिलिपजंग सुब्बाले ६३ र रास्वपाका नरेन्द्र शिवाकोटीले ३० मत प्राप्त गर्नु भएको छ ।
कोषाध्यक्षमा एमालेकी बिमला तामाङले ९०, नेकपा एसकी बिमला देवकोटाले ७० र रास्वपाकी सुधादेवी खड्काले १७ मत प्राप्त गर्नु भएको निर्वाचन समितिले जनाएको छ ।