काठमाडौं । बेलायतमा अति दक्षिणपन्थी आप्रवासी आन्दोलनले हिंसात्मक रूप लिएको छ । बीबीसीका अनुसार आन्दोलनले हिंसात्मक रूप लिएपछि शनिबार त्यहाँ ९० भन्दा बढी प्रदर्शनकारी पक्राउ परेका छन् ।
हल, लिभरपुल, ब्रिस्टल, म्यानचेस्टर, ब्ल्याकपूल र बेलफास्टमा केही पसलहरूमा लुटपाट भएको छ । कतिपय स्थानमा प्रदर्शनकारीले प्रहरी अधिकारीहरूमाथि आक्रमण गरेका छन् । सबै प्रदर्शन हिंसात्मक नरहे पनि केही स्थानमा आन्दोलनले हिंसात्मक रूप लिएको हो ।