१० भदौ, काठमाडौं । एकीकृत समाजवादीले पदाधिकारीको चुनावी तालिका सार्वजनिक गरेको छ । दशौं महाधिवेशनपछि आइतबार पहिलो केन्द्रीय कमिटी बैठक बोलाइएको थियो । बैठकको एउटा एजेण्डा १८ जना पदाधिकारी तयन पनि छ ।
बैठकको सुरुमै बोलेका झलनाथ खनाल सहितका नेताहरुले महाधिवेशनको म्याण्डेट नै सहमति भएको बताएका थिए । तर अध्यक्ष माधवकुमार नेपाल चुनावको पक्षमा देखिए । सोमबार उनले सहमति नजुटे चुनाव हुने जानकारी दिए ।
निर्वाचन आयोगले सोमबार नै निर्वाचन कार्यक्रमको तालिका सार्वजनिक गरेको छ । यसअनुसार भोलि मंगलबार विहान उम्मेदवारी दर्ताको समय तोकिएको छ ।
१ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशित हुनेछ भने २ देखि ५ बजेसम्म मतदान हुनेछ । साँझ ६ बजेदेखि मतगणना सुरु हुने तालिका छ । यद्यपि मतदान अघिसम्म सहमतिको प्रयास हुने नेताहरुले बताएका छन् ।