झापा । जैतुन छाँया लाइभ कन्सर्ट `सिजन-३ एपिसाेड-२´ पासाङ्ग ल्हामु स्मृति जेसिस सामुदायीक सभाहल धुलावारीमा सम्पन्न भएको छ । बिहीबार राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त एडिटिएसले आफ्नो प्रस्तुति दिइएका थिए । भब्य उपस्थितिमा आयोजना बिर्तामोड नगर ईसाई जवान संगतीले गरेका थिए ।
ब्याण्डका प्रमुख व्यक्तित्व तथा कार्यक्रमको मुख्य आकर्षक गायक एड्रिन देवानले आजको जेनेरेशनले ख्रीष्टको मूल्य घटाएर संसारको मूल्य बढाएको छ त्यसैले यो एडिटिएस ब्याण्डको मुख्य उद्देश्य भनेको नै आजको नयाँ जेनेरेशनहरूले ख्रीष्टको मूल्य बढाउनु पर्ने जस्ता अवधारणा ब्यक्त गरेका थिए ।
कन्सर्टमा सो ब्याण्डले ख्रीष्टिय भजन प्रभुजी अर्जी मेरो सुनिलेऊ लौ है चढाएँ, भन्ने भजनबाट आफ्नो सांगीतिक प्रस्तुति शुरु गर्दै आफ्नै शब्द र संगीत रहेका चर्चित गीत अनुग्रहको इनार ख्रीष्टको मण्डली भन्ने गीत कन्सर्टमा पहिलो पटक लाइभ प्रोगाममा प्रस्तुत गरेको गायक तथा पास्टर देवानले बताए ।
यो सुसमाचारिय आत्मिक कन्सर्ट भएको बताएकाले यो कार्यक्रम फलदायी र आशिषमय हुने उनको भनाइ छ । जैतुन छाँयाले ख्रीष्टिय आत्मिक ज्ञान, अनन्तको सत्यताहरुको शब्द संगीत र स्तुतिगानको उत्कृष्ट प्रस्तुतीद्वारा आजको बिकृतिले जगडिएको संसारिक सन्जालहरुबाट ख्रीष्टको प्रेमको उत्कृष्ट सौगातहरु जवानहरुमा पस्कनु हाम्रो उद्देश्य रहेको गायक देवानको भनाइ छ ।
कन्सर्टमा सोही ब्याण्डका दर्शन तामाङले परमेश्वर वचनबाट उत्साह तथा चेतवानी दिएका थिए । मानिस जीवन एक फूल वा माटोको धूलो सरह हो । अहिले छ भरै नहुन सकिन्छ त्यसै यो छोटो समयमा परमेश्वरको महिमा हाम्रो जीवनबाट हुनुपर्दछ । के हाम्रो जीवनबाट परमेशवरको महिमा भएको छ ?
कन्सर्टमा सोही ब्याण्डका दर्शन तामाङले मानिस जीवन एक फूल वा माटोको धूलो सरह हो । अहिले छ भरै नहुन सकिन्छ त्यसै यो छोटो समयमा परमेश्वरको महिमा हाम्रो जीवनबाट हुनुपर्दछ । के आज हाम्रो जीवनबाट परमेशवरको महिमा भएको छ ? प्रश्न तेर्साउदै परमेश्वर वचनबाट उत्साह तथा चेतवानी दिएका थिए ।
कन्सर्टमा भब्य जवानहरु उपस्थितिमाझ समाजका अगुवा तथा पास्टरहरुको पनि उपस्थिति रहेका थिए ।