Author: admin

नेपाल दूरसञ्चार प्राधिकरणको पछिल्लो निर्देशनले नेपालको आकाश हुँदै उडान गर्ने विमानमा दूरसञ्चार सेवा उपलब्ध गराउन बाटो खोलिदिएको छ। तर त्यसबारे आफूहरू टुङ्गोमा पुगिनसकेको नेपाल नागरिक उड्डयन प्राधिकरणले जनाएको छ। इनफ्लाइट कम्युनिकेसन सर्भिसेस (आएफसी) सम्बन्धी एक निर्देशन जारी गर्दै नेपाल दूरसञ्चार प्राधिकरणले १०,००० फिटभन्दा बढी उचाइमा रहेर उडान भर्दा इन्टरनेट सुविधा प्रयोग गर्न सकिने गरी अनुमति लिएर वायुसेवा प्रदायकहरूले सेवा उपलब्ध गराउन पाउने व्यवस्था गरेको छ। तर त्यस्तो सेवा उपलब्ध गराउन नागरिक उड्डयन प्राधिकरणको सिफारिस दूरसञ्चार प्राधिकरणमा बुझाउनुपर्ने हुन्छ। विश्वका विभिन्न वायुसेवा प्रदायकहरूले यस्तो सुविधा उपलब्ध गराउँदै आएका छन्। नेपालको आकाशमा पनि विगत देखिनै विदेशमा दर्ता भएका विमानलाई दूरसञ्चार सेवा प्रयोग…

Read More

वीरगन्जको नारायणी रङ्गशालामा प्रदेश स्तरीय दृष्टिविहीन क्रिकेट प्रतियोगिता शनिवारसम्म भइरहेको छ। रङ्गशालामा भएका खाल्डाखुल्डीमा चिप्लिने गरेको दुखेसो पोखेका यी खेलाडी आँखाले नहेरी क्रिकेट कसरी खेल्न सक्छन्? दृष्टिविहीन खेलाडीका लागि भिन्न प्रकारको क्रिकेट बल व्यवस्था गरिएको छ। हेर्नुहोस् उनीहरू आफू र आफ्ना खेलबारे के भन्छन्? माधुरी महतोले बनाएको यो भिडिओमा।

Read More

टर्की र सिरियाको भूकम्पका कारण भत्किएका भवनहरूभित्र फसेका जीवित मानिसहरूको उद्धारका लागि समय घर्किँदै गइरहेको छ। स्वदेशी तथा विदेशी उद्धारकर्मीहरूले जीवित मानिस रहेको ठानिएका भग्नावशेषहरू पन्छाएर जीवन बचाउन हरसम्भव प्रयास गरिरहेका छन्। तर यसरी भग्नावशेषभित्र फसेका मानिस कति समयसम्म जीवित रहन सक्छन्? विज्ञहरूले बीबीसीलाई बताए अनुसार यसलाई निर्धारण गर्ने विभिन्न तत्त्वहरू छन्। भवन वा संरचना भत्किँदा च्यापिएका, थुनिएका वा फसेका व्यक्तिको अवस्थिति, पानी र श्वास फेर्ने पहुँच, त्यहाँको मौसमको अवस्था र शारीरिक तन्दुरुस्ती लगायत विभिन्न कुराहरूले उनीहरू कति समय बाँच्न सक्छन् भन्ने निर्धारण गर्छ। अधिकांश उद्धारका कामहरू विपद्‌को घटना भएको २४ घण्टाभित्र भइसक्छन्। तर भग्नावशेषहरूबाट मानिसहरूलाई उद्धार गर्न त्योभन्दा धेरै…

Read More

गुगल र माइक्रोसफ्टले आफ्ना सर्च इन्जिनमा आर्टिफिशल इन्टेलिजन्स ‘एआई’ राख्न लागेको घोषणा गरेसँगै हामीले अनलाइन माध्यममा सूचना खोज्ने र पाउने तरिकामा क्रान्ति आउन सक्ने ठानिएको छ। तिनले कसरी काम गर्छन् र हाम्रो जीवनमा कस्तो भिन्नता ल्याउन सक्छन् भनेर हामीले सबैभन्दा उपयुक्त ठानिएको स्रोतलाई प्रश्न गर्‍यौँ। अर्थात् एआई च्याटबटलाई। “एआईले यसअघिबाटै खोजी गर्ने तरिका परिवर्तन गरिरहेकै छ र भविष्यमा पनि गरिरहनेछ,” बहुचर्चित च्याटजीपीटी (ChatGPT) ले बीबीसीलाई उत्तर दियो। यो च्याटबटका लागि प्रयोग गरिएको सफ्टवेअरको एउटा संस्करणले अब छिट्टै माइक्रोसफ्टको ‘बिङ’ सर्च इन्जिनका लागि काम गर्नेछ। इन्टरनेट खोजीमा गुगलको वर्चस्व तोडेर अगाडि आउन आफूलाई चुनौती रहेको च्याटजीपीटी आफैँ स्वीकार गर्छ। “गुगल सबैभन्दा…

Read More

सरकारले दुरुपयोग रोक्न भन्दै सिमकार्ड खरिद् गर्दा बायोमेट्रिक अर्थात् जैविक विवरण पेस गर्नुपर्ने व्यवस्था ल्याउन लागेको बताएको छ। अधिकारीहरूका अनुसार सिमकार्डको गलत प्रयोग र त्यसबाट प्रेरित आपराधिक गतिविधि नियन्त्रण गर्ने हेतुले यस्तो योजना बनाइएको हो। गृह मन्त्रालयका प्रवक्ता जितेन्द्र बस्नेतका अनुसार मन्त्रालयले राष्ट्रिय परिचयपत्रका आधारमा बायोमेट्रिक लिएर मात्र सिम दिने व्यवस्था गर्न लागिएको हो। मोबाइल फोन प्रयोगकर्ताले कहिलेकहीँ आफ्नो साटो आफ्ना परिवार, नातेदार वा अरू कसैको नामको सिमकार्ड प्रयोग गरेको पाइन्छ। सिमकार्ड फोनमा कुरा गर्न वा एसएमएस गर्न मात्र प्रयोग हुँदैन। अचेल ब्याङ्क खाता तथा वित्तीय एपहरू एवं सामाजिक सञ्जालमा पनि सिमकार्ड वा मोबाइल नम्बर जोडिएको हुन्छ। नेपाल टेलिकमले आफ्नै…

Read More

काठमाडौँ — वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयले फागुन ३ गतेबाट चालक अनुमतिपत्र (लाइसेन्स) प्राप्त गर्न लिने ट्रायलमा सय पूर्णाङ्कमा ७० अंक ल्याए उत्तीर्ण हुने प्रणाली लागू गर्ने भएको छ । यातायात व्यवस्था विभागले यस्तो प्रणाली यसअघि पटकपटक लागू गर्न खोजे पनि प्रदेश मुख्यमन्त्री कार्यालयले रोक्दै आएको थियो । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको चौथो पटकको प्रयासपछि यो प्रणाली लागू हुने भएको हो । वाग्मती प्रदेश मुख्यमन्त्री कार्यालयका प्रमुख सचिव मुकुन्द निरौलाले अंकभार प्रणाली लागू हुने जानकारी दिए । उनले प्रदेशको काठमाडौं उपत्यकाका चार र हेटौंडाको एक स्थानसमेत पाँच ठाउँका यातायात व्यवस्था विभाग अन्तर्गतका कार्यालयहरुले लाइसेन्सको प्रयोगात्मक परीक्षा लिने छन् । परीक्षार्थीले एक सय पूणाङ्कमा ७०…

Read More

काठमाडौँ — एक दशक अघिबाट नेपालमा वैकल्पिक राजनीतिको एजेन्डा बोकेर खुलेको विवेकशील साझा पार्टीले धेरैपटक छिन्नभिन्नपछि अहिले फेरि महाधिवेशन गरेर नयाँ नेतृत्व चयन गरेको छ । २०७४ को स्थानीय र आमनिर्वाचनमा राम्रो प्रदर्शन गरेको सो दल २०७९ सालको चुनावसम्म आइपुग्दा अस्तित्व संकटको अवस्थामा पुग्यो । शनिबार दुईदिने महाधिवेशन सम्पन्न गरेको सो दलको अध्यक्षमा समीक्षा बाँस्कोटा र महासचिवमा रन्जु दर्शना सर्वसम्मत रुपमा चयन भए । विवेकशील साझाको कार्यदिशा र चुनौतीबारे नवनिर्वाचित अध्यक्ष बाँस्कोटासँग इकान्तिपुरका मणि दाहालले गरेको कुराकानी : विवेकशील साझाको महाधिवेशनभन्दा अघिको अवस्थालाई कसरी मूल्यांकन गर्नुहुन्छ ? यो ५ वर्ष निकै उतारचढावपूर्ण रह्यो, एउटा खुला विश्वविद्यालय जस्तै । यस अवधिमा राजनीतिका कैयौं पाटाहरू सिकियो । एउटा पुरानो दलले राजनीतिक जीवनमा के-के…

Read More

रूपन्देही — लुम्बिनी प्रदेशका थप ७ मन्त्रीले आज शपथग्रहण गर्दै छन् । प्रदेश प्रमुख अमिक शेरचनले सरकारको सिफारिसमा शनिबार ७ मन्त्री नियुक्त गर्दै जिम्मेवारी तोकेपछि शपथग्रहणको तयारी गरिएको हो । मुख्यमन्त्री लिला गिरीले शुक्रबार नै मन्त्रिपरिषद् विस्तार गरेका थिए । यसअघि पुस २७ गते लुम्बिनी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् बनेको थियो । प्रदेश प्रमुख शेरचनले आइतबार दिउँसो १ बजे दाङको देउखुरीमा शपथग्रहण गराउने गरी तयारी गरेको सरकारका प्रवक्ता एवं एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्यले बताए । यसअघि नियुक्त मुख्यमन्त्री गिरी, दुई मन्त्री चेतनारायण आचार्य, कृष्णा केसीसहित अब लुम्बिनी प्रदेशमा १० सदस्यीय मन्त्रिपरिषद् बनेको छ । मुख्यमन्त्री गिरीले १३ सदस्यीय मन्त्रिपरिषद्‌लाई घटाएर १० बनाएका छन् । नव…

Read More

दाङ — बालविवाह भइरहेको स्थानबाट घोराहीमा बेहुला र बालिकाका आमाबुबासहित ६ जना पक्राउ परेका छन् । माघ २६ गते दिउँसो घोराही उपमहानगरपालिका-१६ बरधन्ने गाउँमा बालविवाह भइरहेको सूचनाका आधारमा पुगेको प्रहरीले विवाह मण्डपबाटै दुलाहा घोराही-२ रामपुरका २५ वर्षीय सन्तोष परियारसहित ६ जनालाई पक्राउ गरेको हो । १४ वर्षीया बालिकाको विवाह हुन लागेको थाहा पाएपछि प्रहरी विवाह भइरहेको स्थानमा पुगेको थियो । विवाह गराउने कार्यमा संलग्न बालिकाका आमाबुवा पक्राउ परेका छन् । त्यस्तै बेहुलाका आमा ४५ वर्षीया सर्मिला दमाई, बेहुलाका काका ३२ वर्षीय मोहन दमाई र सहयोगी ४० वर्षीया सीता नेपाली पक्राउ परेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजनकुमार गौतमले बताए । उनीहरुलाई माघ २७ गते जिल्ला अदालतबाट…

Read More

२९ माघ, काठमाडौं । निर्वाचन आयोगले १० वैशाख २०८० मा चितवन–२ मा उपनिर्वाचनको घोषणा ग¥यो । ४ मंसिरको चुनावमा त्यहाँबाट निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई नागरिकताका कारण सर्वोच्च अदालतले अयोग्य ठहर गरेपछि रिक्त पदमा उपनिर्वाचन हुन लागेको हो । गत आइतबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा लामिछानेले आफू फेरि चितवन–२ मा उम्मेदवार हुने घोषणा गरेका थिए । सर्वोच्च अदालतको फैसलाको पर्सिपल्ट नै उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट नेपाली नागरिकताको प्रमाणपत्र लिइसकेका छन् । त्यसै कारण उनी फेरि उम्मेदवार बन्न पाउनेछन् । झुटा विवरण लिई राहदानी (पासपोर्ट) लिएको आरोपमा लामिछानेमाथि जिल्ला प्रहरी परिसर, काठमाडौंले अनुसन्धान सुरु गरेको छ । सरकारी…

Read More