Author: खवरपोस्ट अनलाइन

“खवरपोस्ट अनलाइन” वेबसाइट “तृष्णा मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । काठमाडौं उपत्यकामा हुने सवारी चोरीपैठारीका घटनाहरुलाई नियन्त्रण गर्न र चोरीएका सवारी साधनहरुलाई खोजतलास गर्दै त्यस्ता चोरीमा संलग्न व्यक्तिहरु माथी बिशेष निग्रानी गर्न उपत्यका ट्राफिक प्रहरी कार्यालयको छुट्टै टोली खटिदै आएको छ । पछिल्लो समय थप सक्रियतापूर्बक खटिदै आएको चोरी नियन्त्रण टोलीले काठमाडौँ महानगरपालिका ३१ स्थित मध्य बानेश्‍वरबाट बिहीबार मोटरसाइकल चोरीमा संलग्न दुईजनालाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको छ । शंकास्पद अवस्थामा से ७ प ८५६२ नम्बरको नयाँ मोडलको ३५० सिसिको बुलेट मोटरसाइकल चलाइरहेका अछाम जिल्ला चौरपाटी गाउँपालिका २ घर भई कोटेश्वर बस्ने बर्ष २८ को हिमाल खत्रीलाई ट्राफिक प्रहरीले नियन्त्रणमा लिएको हो । खत्रीसँग बरामद भएको बुलेट मोटरसाईकल नेपालमा दर्ता…

Read More

झापा । एन्फा महिला लिगमा कोशी प्रदेशले लगातार दोस्रो जित निकालेको छ। एन्फा कम्प्लेक्समा बिहीबार भएको खेलमा कोशीले बामगती युथ क्लबलाई २-१ गोलले पराजित गर्‍यो। खेलमा अग्रता भने बागमती युथ क्लबले लियो। बागमतीका लागि विष्णुमाया बलले २६ मिनेटमा गोल गरिन्। ‍ २९ मिनेटमा कोशीले बराबरी गोल फर्कायो। कोशीका लागि समिक्षा मगरले बराबरी गोल गरिन्। ५५ मिनेटमा बामगतीले आत्मघाती गोल गर्दा कोशीलाई फाइदा पुग्यो। बागमतीकी दिव्या मगरले आत्मघाती गोल गरेपछि कोशी २-१ गोलले अघि बढेको थियो।

Read More

काठमाडौँ। महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन यथाशीघ्र संशोधन गरी समयसापेक्ष बनाइने बताएका छन्। मानव बेचबिखन तथा ओसारपसार विरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा महिला, कानुन र विकास मञ्चले आयोजना गरेको छलफलमा मन्त्री साहले प्रक्रिया पूरा गरेर ऐन संशोधन गरिने बताएका हुन्। उनले विसं २०८१ मा ऐन संशोधन गरिसक्ने गरी प्रक्रिया अघि बढाउने प्रतिबद्धता व्यक्त गरे। मन्त्री सुडीले मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐन संशोधनका लागि एक हप्ता भित्र मन्त्रिपरिषद्मा लैजाने तयारी भइरहेको जानकारी दिए। “कानुन बनाएर वा संशोधन गरेर मात्र पुग्दैन, यसको कार्यान्वयन पनि हुनुपर्छ। कार्यान्वयनका लागि सबैको सहयोग आवश्यक पर्छ, अहिले…

Read More

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानव बेचबिखनविरुद्धको १८औँ राष्ट्रिय दिवसका अवसरमा मानव बेचबिखनविरुद्धको अभियानलाई सफल बनाउन सबै क्रियाशील भएर अगाडि बढ्नुपर्ने बताएका छन्। प्रधानमन्त्री ओलीले आज शुभकामना सन्देश जारी गर्दै यस दिवसले सबैलाई थप प्रेरणा दिन सकोस् भन्ने कामना व्यक्त गरेका हुन्। ‘तीनै तहका सरकारको प्रतिबद्धताः मानव बेचबिखनविरुद्ध सबैको ऐक्यबद्धता’ भन्ने नाराका साथ मनाउन लागिएको १८औँ राष्ट्रिय दिवसका अवसरमा उहाँले सबैमा शुभकामना व्यक्त गरेका हुन्। “मानव बेचबिखन तथा ओसारपसार मानव सभ्यताको कलङ्क र जघन्य अपराघ हो । समय क्रमसँगै मानव बेचबिखन तथा ओसारपसारको प्रकृति, स्वरुप र गन्तव्यमा निरन्तर परिवर्तन हुँदै गएको पाइएको छ”, सन्देशमा भनिएको छ, “नेपालबाट कामको खोजीमा…

Read More

काठमाडौं । ११ महिनाअघि इजरायलमाथि आक्रमण गरेको हमास नेता याह्या सिनवारसहितका नेताहरुविरुद्ध अमेरिकाले आपराधिक मुद्दा चलाएको छ । अमेरिकी न्याय विभागले भनेको छ, हमासका ६ नेताहरुविरुद्ध मुद्दा चलाइएको हो । हमासका नेताहरुमाथि अमेरिकी नेताहरुको हत्या, आतंकवादलाई वित्तीय सहयोग र नरसंहार गर्ने घातक हतियारको प्रयोग लगायतका उजुरी छ । अमेरिकाले मुद्दा चलाएका नेताहरुमध्ये तीन जनाको हवाई हमलामा मृत्यु भइसकेको छ । बीबीसीका अनुसार इस्माइल हनिया, मारवान इस्सा र मोहम्मद जाएफको मृत्यु भइसकेको छ । सिनवार भने कुनै सुरुङभित्र लुकेर बसेको अनुमान छ । अमेरिकाको न्याय विभागले भनेको छ, ‘यो हमासबाट भएका हमलामा हमासका प्रमुख नेताहरुलाई जवाफदेही ठहर्याउने पहिलो प्रयास हो ।’…

Read More

१९ भदौ, विराटनगर। कोशी प्रदेशसभा बैठकबाट प्रदेश निजामती सेवा ऐन, २०७९ लाई संशोधन गर्न बनेको विधेयक पारित भएको छ । बुधबारको प्रदेशसभा बैठकमा संशोधन प्रस्ताव दर्ता गरेका सांसदले संशोधन फिर्ता लिएपछि प्रदेशसभाबाट विधेयक पारित भएको हो । नेकपा माओवादी केन्द्रका सांसद गोम्बु शेर्पा र गणेश उप्रेतीले संयुक्त रुपमा संसोधन प्रस्ताव दर्ता गरेका थिए । कांग्रेस प्रमुख सचेतक गोपाल तामाङ र एमाले प्रमुख सचेतक रेवतीरमण भण्डारीले संयुक्त रुपमा संशोधन प्रस्ताव दर्ता गरेका थिए । नेकपा एमाले सांसद इन्द्रमणी पराजुली र निरन राई, नेकपा एकिकृत समाजवादीको तर्फबाट कमलप्रसाद जवेगूले विधेयकमाथि संशोधन प्रस्ताव दर्ता गरेका थिए । सरकारले राजनीतिक सहमतिका आधारमा पारित गर्ने…

Read More

काठमाडौं । काठमाडौं महानगरका मेयर बालेन शाहका समर्थकले प्रधानमन्त्री केपी शर्मा ओलीको फेसबुकमा हमला गरेका छन् । बालेनले आफ्नो फेसबुक स्टाटस सरकारले हटाइदिएको आशय व्यक्त गरेपछि आक्रोशित बनेका बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्ने अभियान चलाएका हुन्। मंगलबार अपराह्न मेयर बालेनको स्टाटसलाई फेसबुकले हटाइदिएको उनको सचिवालयले दाबी गरेको थियो। कसैले रिपोर्ट गरेका कारण सो पोष्ट फेसबुकले डाउन गरको सचिवालयले दाबि गरेको थियो । त्यसपछि मंगलबारनै बालेनले पोष्ट हटाउने होइन, दोषीलाई करावाही गर्नुपर्‍यो भन्ने पोष्ट गर्दै आफ्नो पोष्ट सरकारले हटाइदिएको आशय व्यक्त गरेका थिए। त्यसपछि बालेनका समर्थहरूले ओलीलाई अनफलो गर्न शुरु गरेका हुन्। मंगलबार केपी शर्मा ओलीको पेजमा ६ लाख ६६ हजार…

Read More

१८ भाद्र , मेचीनगर । मानव बेचबिखन विरुद्धको १८ औं राष्ट्रिय दिवस विभिन्न चेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यो वर्ष ‘तीनै तहको सरकारको प्रतिवद्वता : मानव बेचविखन बिरुद्ध सबैको एक्यवद्वता´ भन्ने मूल नाराका साथ मानव बेचबिखन विरुद्धको राष्ट्रिय दिवस भाद्र २० गते बिहिबारका दिन हुने भएको छ । “मानव बेचबिखन तथ ओसारपसार बिरुद्धको १८ औं राष्ट्रिय दिवस २०८१ को सन्दर्भमा आयोजित अन्तरक्रियामा हामी,” नामक बिषयमा कार्यक्रम हुने भएको हाे । यसै अवसरमा झापामा मेचीनगर स्थित काँकरभिट्टा खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाको सभाहलमा भब्य र सभ्यताकासाथ हुने यो कार्यक्रम अति रोचक र बैज्ञानिकपरिप्रेक्ष्यढङ्गबाट हुने भएकाले समाज रुपान्तरणको उपलब्धि प्राप्त गर्नेछ ।…

Read More

काठमाडौं । प्रकाश तामाङ ‘काले’ ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट गरेका छन्। सोमबार साँझ प्रकाशले प्रधानमन्त्री निवास बालुवाटार पुगेर प्रधानमन्त्री ओलीलाई भेट गरेका हुन्। ‘हेर्ने कथा’ बाट आफ्नो परिवारको सम्पर्कमा पुगेका प्रकाशलाई आइतबार प्रशासनका अधिकारीले प्रकाशलाई उनको घर भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ (साम्पाङ) मा पुगेर नागरिकता दिइसकेका छन्। प्रधानमन्त्री ओलीले प्रकाशको नागरिकता बनिसकेकाले अब उनलाई अन्य कुरामा पनि सहज हुने बताएका छन्।

Read More

काठमाडौं । अमेरिकाको मेरील्यान्डमा नेपाली युवक मृत भेटिएका छन्। अमेरिकाको मेरिल्याण्ड राज्यमा बस्दै आएका ४७ वर्षी शान्तलाल प्रधान मृत भेटिएको नेपाली पत्रकारहरूले अमेरिकामा सञ्चालन गरिरहेको पोर्टल नेपयोर्कले उल्लेख गरेको छ। उनी गत अगस्त २७ मा मृत फेला परेको बताइएको छ। प्रधानका पत्नीका साथै एक छोरी र एक छोरा रहेका छन्। उनको शव नेपाल फर्काउन गोफण्डमी क्याम्पेन सुरु गरिएको छ। मृत्युको कारण पत्ता नलागेको बताइएको छ। यसअघि अमेरिकाको ह्युष्टनमा २१ वर्षीया नेपाली विद्यार्थी मुना पाण्डेको हत्या भएको थियो। पाण्डेमाथि गोली हानी हत्या गरेको आरोपमा ५१ वर्षीय बबीसिंह शाह पक्राउ परेका छन्।

Read More