Author: खवरपोस्ट अनलाइन

“खवरपोस्ट अनलाइन” वेबसाइट “तृष्णा मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आगामी आर्थिक वर्षदेखि योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमलाई अनिवार्य र कडाइका साथ लागू गर्न पहल गर्ने बताउनुभएको छ ।प्रधानमन्त्री दाहालले अन्तर्राष्ट्रिय श्रमिक दिवस (१ मई) को अवसरमा आज जारी गर्नुभएको शुभकामना सन्देशमा सामाजिक सुरक्षा कार्यक्रमलाई सम्पूर्ण औद्योगिक प्रतिष्ठान, उद्योग र कार्यालयमा अनिवार्य र कडाइका साथ लागू गर्न पहल गरिने उल्लेख छ । “राष्ट्रका उच्च स्थानबाट वार्षिक रूपमा प्रदान गरिने विभिन्न सम्मान तथा पुरस्कारमा यसै वर्षदेखि लागू हुने गरी कम्तीमा २ प्रतिशत मजदुरलाई समावेश गर्ने नीति लिइने जानकारी गराउँदछु”, सन्देशमा भनिएको छ, यसैगरी सम्पूर्ण “मजदुरको काम, कर्तव्य र अधिकार स्पष्ट पार्दै सेवा सर्त र सुविधा…

Read More

भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ। अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ। यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ। यसलाई अचार तथा विभिन्न किसिमका मिठाइहरु बनाउनमा पनि प्रयोग गरिन्छ। जाडो मौसममा अमला सेवनका केही विशेष फाइदाहरू छन्। अमलाको सबैभन्दा ठुलो गुण भनेको यसलाई पकाएपछि पनि यसमा समावेश भिटामिन सी यथावत नै रहन्छ। अमलामा क्रोमियम बढी मात्रामा हुन्छ। अमला हरियो होस् अथवा ताजा अथवा सुकाएको भए पनि यसको गुण कहिल्यै कम हुँदैन। अमला धेरै गुणकारी हुन्छ। हरेक मौसममा यसको सेवन गर्न सकिन्छ। तर जाडोमा यसको सेवन…

Read More

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठक बसिरहेको छ । बसुन्धरास्थित पार्टी कार्यालयमा बसिरहेको बैठकमा वर्तमान सरकारलाई दिएको समर्थनबारे छलफल भइरहेको छ । पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन कायम राख्ने वा फिर्ता लिने विषयमा छलफल केन्द्रित रहेको छ । साथै बैठकमा हालै सम्पन्न प्रतिनिधिसभा सदस्य पदको उपनिर्वाचनको समीक्षा र पार्टीको संगठन विस्तारका विषयमा पनि छलफल हुनेछ । बैठक बस्नुअघि आइतबार रास्वपा सभापति रवि लामिछानेले प्रधानमन्त्री प्रचण्डलाई भेटेका थिए ।

Read More

झापा । नेपाल सरकारले रेल्वेले ओगटेको जग्गाको रोक्का फुकुवा गरेको छ । नेपाली कांग्रेस झापाको एक प्रतिनिधि मण्डलले प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेटेपछि रेल्वेले ओगटेको जग्गाको रोक्का फुकुवा गरेको हो ।  नेपाली कांग्रेस झापाका सभापति देउकुमार थेवेको नेतृत्वमा गएको प्रतिनिधि मण्डलले सभापति शेरबहादुर देउवा, प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) समक्ष रेल्वेमा परेको क्षेत्रफल बाहेकको जग्गा फुकुवा नहुँदा झापालीहरु पीडित बनेको विषय जानकारी गराएपछि मन्त्रीस्तरीय निर्णयबाट जग्गाको आंशिक फुकुवा भएको बताइएको छ । रेल्वेमा परेको जग्गाको सानो क्षेत्रफलले गर्दा सिंगो कित्ता नै रोक्का हुनु न्यायसंगत नभएकोले रेल्वे पीडित संघर्ष समितिले पटक–पटक आवाज उठाउँदै आएपनि यो समस्या समाधान हुन सकेको थिएन । कित्ता नम्बर…

Read More

काठमाडौं । देशमा पश्चिमी वायुका साथै स्थानीय वायुको प्रभाव कायमै छ । गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही ठाउँमा पानी पर्ने र रोकिने क्रम चलिरहेको मौसमविद् गङ्गा नगरकोटीले जानकारी दिनुभयो । काठमाडौंमा भने हिजो बेलुकापछि पानी पर्न रोकिएको भए पनि आज पनि हिजोको जस्तै गरी पानी पर्ने सम्भावना रहेको मौसमविद् नगरकोटीले बताउनुभयो । उहाँका अनुसार आज काठमाडाैंसहित देशका धेरै ठाउँमा वर्षाको सम्भावना छ । काठमाडाैं उपत्यकामा दिउँसोपछि मेघगर्जन र चट्याङसहित पानी पर्ने अनुमान गरिएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाको पछिल्लो २० घन्टाको तथ्याङ्कानुसार सबैभन्दा धेरै वर्षा काठमाडाैं उपत्यकामा भएको छ । काठमाडौँ उपत्यकामा यो अवधिमा ४३ मिलीमिटर पानी…

Read More

झापा । दमकमा हालै मात्र सञ्चालनमा आएको किओच दमक बाल अस्पताललाई नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री डा मिनेन्द्र रिजालले ५० लाख रुपैयाँ प्रदान गरेका छन्। आफ्ना मातापिताको स्मृतिमा स्थापना गरेको पुण्यश्री फाउन्डेसनमार्फत उनले बाल अस्पतालका परिकल्पनाकार एवं संस्थापक समेत रहेका काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थका अध्यक्ष डा भगवान् कोइरालालाई चेक प्रदान गरे। रतुवामाई नगरपालिकाका प्रमुख नागेन्द्रप्रसाद सिंह र दमक नगरपालिकाका कार्यवाहक प्रमुख भीमप्रसाद पौडेलको रोहवरमा भएको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका डा रिजालले बाल अस्पताललाई सहयोग पु¥याउन आफूले स्वेच्छिक सहयोग पु¥याएको बताए। उनले समाजका लागि दिने योगदानले भावी सन्ततिको भविष्य उज्यालो बनाउन सहयोग पुग्ने विश्वास व्यक्त गरे। उनले त्यसअघि अस्पतालको स्थलगत…

Read More

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नेपाली क्रिकेट टोलीलाई बधाई दिएका छन् ।काठमाडौंमा जारी एसीसी प्रिमियम कपको फाइनलमा प्रवेश गरेको भन्दै प्रधानमन्त्री दाहालले बधाई दिएका हुन । ‘एसीसी प्रिमियर कप क्रिकेटको फाइनलमा प्रवेश गरेकोमा नेपाली टोलीलाई हार्दिक बधाई,’ प्रधानमन्त्री दाहालले टविट गर्दैै भनेका छन, ‘क्रिकेट टोलीको सफलताप्रति उच्च सम्मान व्यक्त गर्दै सरकारको तर्फबाट उचित सम्मान गर्ने प्रतिबद्धता व्यक्त गर्दछु।’ किर्तिपुर खेल मैदानमा भारी वर्षाको कारण कुवेतसँगको खेल रद्द भएको तथा खेल नतिजा विहीन हुन पुग्दा नेपाल समूह विजेताको रुपमा फाइनलमा पुगेको थियो ।

Read More

काठमाडौं। राष्ट्रिय आविष्कार केन्द्रका सञ्चालक महावीर पुनले जनताको मतबाट निर्वाचित सांसदहरूले काम नगरे ढ्यांग्रो ठटाएर लखेटिने चेतावनी दिएका छन्। माइतीघर मण्डलामा शुक्रबारबाट अनुसन्धान, नवप्रवर्तन र आविष्कारका निम्ति सरकार गम्भीर नभएको गुनासो गर्दै आन्दोलन थालेका पुनले नेताहरूले नीति निर्माणको काम नगरे ढ्यांग्रो ठोक्दै लखेट्ने चेतावनी दिएका हुन् । पुनले सांसदहरूले खादा, माला र भाषण गर्न, उद्घाटन गर्न समय मिल्ने तर कानुन बनाउन समय नमिल्ने भन्दै प्रश्न गरे। उनले अरु हेर्ने विभाग भए पनि अनुसन्धान, आविष्कार नवप्रवद्र्धन हेर्ने विभाग गठन गरिनुपर्ने माग पूरा नभएसम्म धर्ना जारी रहने बताए।  पुनले नेताहरूले बोलेर मात्रै विकास नहुने हुँदा काम गर्नुपर्ने औंल्याए।

Read More

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले अयोग्य लडाकुलाई आर्थिक सहयोग दिने निर्णय पहिलाकै भएको बताएकी छन् । नेकपा (माओवादी केन्द्र) दाङ क्षेत्र नं ३ समन्वय कमिटीको आयोजनामा शुक्रबार भएको प्रशिक्षण कार्यक्रममा मन्त्री शर्माले पहिला गरिएको निर्णयलाई अहिले कार्यान्वयनमा ल्याउन लागेको स्पष्ट पारे । यस वर्ष विद्यालयको पठनपाठन शुरु हुनुभन्दा पहिले नै हातहातमा पुस्तक पुगेको उल्लेख गर्दै यो एतिहासिक काम भएको बताए । विगतमा परीक्षा हुँदाका बेलासम्म पनि पुस्तक नपुगेको र यसपटक भने समयमै पाठ्यपुस्तक पुग्नु सरकारको ठूलो उपलब्धि भएको उनको भनाइ थियो । -रासस

Read More

– होमराज राई , ब्यास्त सहरभित्रका दर्दनाक मौन पीडाहरु सडक अनि गल्लि हुदै भौतारिरहेछ । बिरक्तिएका ती पागलपनहरु, रित्तिएका आशाहरु, अनि विरक्तिएका मनहरु । म एक पटक सडकका किनारहरुमा फर्केर हेर्छु । खै कहाँ पुग्नलाई हो, यो ब्यस्त सहरका भीडहरुलाई एकक्षण पनि फुर्सद छैन । कसैलाई कसैको निम्ति सोच्न र बिचार गर्ने फुर्सद छैन दुनियालाई यति खेर । उनीहरु पनि त मानव कोखबाटै जन्मेका ब्यक्ति हुन नी…⁄, तर आज मानव कोखबाटै जन्मेका यस्ता थुप्रै नाबालकहरु पशुसरह जिन्दगी बिताइरहेका छन् । ती सडक र गल्लि हुँदै आशाका घुटको पीउदै टुलुटुलु हेरिरहेछन् , यस्तै छ यो स्वार्थी दुनिया । एउटा सहरको सडकको…

Read More