Author: खवरपोस्ट अनलाइन

“खवरपोस्ट अनलाइन” वेबसाइट “तृष्णा मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । निर्वाचन आयोगले आगमी १० गते हुने उपनिर्वाचनमा मतदान गर्नेहरुलाई मोबाइल लैजान प्रतिबन्ध लगाएको छ । आज सो निर्वाचन प्रयोजनका लागि १० बुदेँ निर्देशन जारी गर्दै आयोगले क्यामारा, मोबाइललगायत लैजान निषेध गरेको हो । ‘मतदाताहरूलाई मतदानका लागि सहज र सुरक्षित वातावरण बनाई मतदान केन्द्रमा मतदान गर्न जाँदा प्रज्ज्वलनशील ठोस वा तरल पदार्थ, मोबाइल, क्यामरा वा यस्तै प्रकृतिका सामानहरू साथमा लिएर जान तथा कुनै नशालु पदार्थ वा मादक पदार्थ सेवन गरी मतदान केन्द्रमा प्रवेश गर्न निधेष गर्ने’ आयोगको निर्देशनमा उल्लेख गरिएको छ । यसैगरी, निर्वाचन आचारसंहिता, २०७९ बमोजिम मतदान कार्यमा खटिने कर्मचारी र उम्मेदवारको प्रतिनिधिलाई तोकिए अनुसारका अनुसूची बमोजिमको प्रतिबद्धतापत्रमा…

Read More

काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई नियन्त्रण वा उद्योग–व्यवसायलाई नकारात्मक प्रभाव पर्ने गरी कुनै कानुन नबनाइने बताउनुभएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घका नवनिर्वाचित पदाधिकारीसँग आज बालुवाटारमा भेट गर्दै उहाँले अर्थतन्त्रमा सङ्कट आएका बेला निजी क्षेत्र सङ्कुचित हुने वा नकारात्मक प्रभाव पर्नेगरी कुनै पनि कानुन नबनाइने बताउनुभयो । “हाम्रो संविधानले निजी क्षेत्रलाई प्रवद्र्धन गर्ने व्यवस्था गरेको छ । अर्थतन्त्र सङ्कटमुक्त भइसकेको छैन । यस्तो परिस्थिति सरकार र निजी क्षेत्रबीच बलियो सहकार्य र एकअर्काको हितलाई सम्बोधन गरेर मात्र अर्थतन्त्रका चुनौती छिचोल्न सकिन्छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रलाई बेवास्ता गरेर वा नियन्त्रण गरेर राष्ट्रिय चुनौती सम्बोधन गर्न सकिँदैन भन्नेमा म एकदमै स्पष्ट…

Read More

काठमाडौं । नेपाल राष्ट्र बैंकले १० वाणिज्य बैंकका अध्यक्ष, सञ्चालक तथा सीईओलाई कारबाही गरेको छ । बैंकहरुले सम्पत्ति शुद्धीकरण सम्बन्धी ऐन र निर्देशनको उल्लंघन गरेको, अनिवार्य नगद मौज्दात अनुपातरवैधानिक तरलता अनुपात कायम नगरेको, तोकिएको उत्पादनशिल क्षेत्रका कर्जा नदिएको, विपन्न वर्ग क्षेत्र कर्जा नदिएको, ब्याजदर अन्तर र कर्जा श्रोत परिचलन अनुपात कायम नगरेको भन्दै नगदसहित कारबाही गरेको छ ।

Read More

७ बैशाख २०८०, बिहीबार, सुर्खेत । रुकुम पश्चिम र जाजरकोट जोड्ने भेरी नदीको बेलिब्रिज भाँचिएको छ । केही बेरअघि मान्छेहरु हिँडिरहेकै अवस्थामा उक्त बेलिब्रिज भाँचिएको हो । उक्त बेलिब्रिज भेरी करिडोर अन्तर्गत जाजरकोट नलगाड नगरपालिका–१२ तल्लु रुकुम पश्चिमको आठबिसकोटमा पर्दछ । जिल्ला प्रहरी कार्यालय जाजरकोटका अनुसार घटनमामा परी कम्तिमा पनि चार जनाको मृत्यु भएको जानकारी आएपनि एकिन भने हुन सकिरहेको छैन । अहिले प्रहरीको टोली घटनास्थलमा पुगेको बताइएकाे छ । साथै घटनामा अन्य चार जना गम्भिर घाइते भई उपचारका लागि राडी स्थित स्वास्थ्य संस्थामा पठाएको बताइएको छ ।

Read More

लन्डन । इग्लिस क्लब म्यानचेस्टर सिटी र इटालिन क्लब इन्टर मिलान च्याम्पियन्स लिगको सेमिफाइनलमा पुगेका छन् । सिटीले जर्मन क्लब बार्यर म्युनिखलाई पराजित गरेको हो भने मिलानले पोर्चुगल क्लब बेनिफिकालाई पराजित गरेको हो । जर्मन क्लब बायर्न म्युनिखसँग क्वाटरफाइनलको दोस्रो लेगमा १–१ गोलको बराबरी खेलेकाे भएपनि समग्रमा ४–१ को जितसहित सिटी सेमिफाइनलमा प्रवेश गरेको हो । सिटीले क्वाटर फाइनलको पहिलो लेगमा ३–० को जित निकालेका कारण उसलाई सेमिफाइनलमा जान सहज भएकाे हाे । एलिएन्ज एरिना म्युनिखमा बुधबार राति भएको खेलमा सिटीका लागि एर्लिङ ब्राउट हालान्ड र घरेलु टोली बायर्नका योसुवा किम्मिखले  १–१ गोल गरेर खेललाई बराबरीमा राखेका हुन । पहिलो हाफमा…

Read More

एजेन्सी । मुम्बई प्रहरीको अपराध शाखाले भारतीय कास्टिङ निर्देशक तथा टिभी अभिनेत्री आरती मित्तललाई यौन कार्यमा संलग्न भन्दै सोमबार पक्राउ गरेको छ । आरतीमाथि फिल्म उद्योगमा यौन धन्दा चलाउने, ग्राहकलाई मोडल आपूर्ति गराउने आरोप लागेको छ । मुम्बई क्राइम ब्रान्च युनिट ११, डिन्डोशी प्रहरीले भारतको गोरेगाउँ क्षेत्रमा चलिरहेको यौन कार्यको पर्दाफास गरेको छ । प्रारम्भिक अनुसन्धानपछि, आरती मित्तल विरुद्ध आईपीसी धारा ३०७ र अवैध ओसारपसार र यौनकार्यको अन्य धाराहरु अन्तर्गत मुद्दा दर्ता गरिएको छ । भारतीय सञ्चार माध्यमहरुका अनुसार प्रहरी अधिकारीले आफैंले उक्त क्षेत्रमा एक कर्मचारीलाई नक्कली ग्राहक बनाएर पठाएका थिए जसले सम्पूर्ण घटना रेकर्ड गरेको थियो । त्यसपछि प्रमाणसहित…

Read More

काठमाडौं । उपनिर्वाचन मौनअवधि आज राति १२ बजेबाट लागू हुँदैछ । मौनअवधि लागू भएपश्चात् प्रचारप्रसार गर्न नपाइने निर्वाचन आयोगले जनाएको छ । निर्वाचन हुनुभन्दा ४८ घण्टाअघिबाट प्रचारप्रसार गर्न नपाइने आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले बताए । राति १२ बजेदेखि प्रचारप्रसार गर्न नपाइने भएपछि राजनीतिक दलहरूले आज प्रचारप्रसारको अन्तिम कसरत गर्ने भएका छन् । आगामी १० गते तनहुँ–१, चितवन–२ र बारा–२ मा उपनिर्वाचन हुँदैछ ।

Read More

राष्ट्रिय जनमुक्ति पार्टी चितवन जिल्ला समितिले सिडियोलाई ज्ञापनपत्र बुझाएको छ । ज्ञापनपत्रमा कोशी प्रदेशको नामाकरणको बिषय र चर्को ब्याजदरको बिषयहरु उल्लेख गरिएको जिल्ला अध्यक्ष जग बहादुर पुनले बताउनुभयो। ज्ञापनपत्र:- सम्माननीय प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ज्यू नेपाल सरकार, प्रधानमन्त्रीको कार्यालय, सिंहदरबार, काठमाडौँ । मार्फत, श्री प्रमुख जिल्ला अधिकारीज्यू, जिल्ला प्रशासन कार्यालय, चितवन । बिषय : ज्ञापन पत्र । महोदय , प्राप्त राष्ट्रिय उपलब्धीहरुको रक्षा गर्दै देशमा दिनप्रतिदिन संस्थागत हुँदै गएको सबै खाले बिभेद र ब्यथितिको अन्त्य गरी देशमा सुशासन–शान्ति र अमञ्चयन कायम गरी नेपाली जनतामा अमञ्चयन महशुस गराउन र मूलुकको दीर्घकालिन हितका लागि जिल्ला प्रशासन कार्यालय, चितवन मार्फत निम्न बुँदा उपर…

Read More