Author: खवरपोस्ट अनलाइन

“खवरपोस्ट अनलाइन” वेबसाइट “तृष्णा मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । रुसको आक्रमणबाट दुई वर्षीय बालकसहित आठ युक्रेनी नागरिकको मृत्यु भएको छ । युक्रेनको पूर्वीडोनबास क्षेत्रको स्लोभ्यान्स्कमा रुसमा आक्रमण गर्दा आठ जनाको मृत्य र २१ जना घाइते भएका हुन् । आक्रमणबाट भग्नावशेष भएका क्षेत्रमा अझै केही मानिस फसेको हुन सक्ने आशंकासहित खोजी भइरहेको युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले बताएका छन् । युक्रेनका अनुसार रुसी सेनाले पाँचवटा घर, अपार्टमेन्ट र विद्यालयलाई लक्षित गरेर विस्फोट गराएको छ । २०२२ फेब्रुअरीदेखि रुसले युक्रेनमाथि निरन्तर आक्रमण गर्दै आएको छ ।

Read More

काठमाडौँ – नयाँ वर्ष २०८० लाई हर्षोल्लासका साथ स्वागत गरिएको छ । २०७९ लाई बिदाइ गरेर नयाँ वर्षलाई स्वागत गर्न काठमाडौँको ठमेललगायत ठूला मलमा भिड लागेको थियो। स्वदेश तथा विदेशमा रहेका नेपालीहरूले नयाँ वर्षका अवसरमा आज विभिन्न कार्यक्रम गरिरहेका छन् । नयाँ वर्ष २०८० को उपलक्ष्यमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, सभामुखलगायतले शुभकामना सन्देश दिएका छन् । -न्युजकारखानाबाट

Read More

काठमाडौं । भक्तपुरको प्रसिद्व बिस्का जात्रा अन्तर्गत नयाँ वर्षको दिन भेलुखेलमा योसिं : द्यो ढालिएको छ । बिहीबार ठड्याइएको ५५ हाते योसिं : द्यो लाई शुक्रबार तान्त्रिक विधि पूर्वक ढालिएको हो । अष्टमात्रिकाको प्रतिक मानिने लिङ्गो नागनागिनीको प्रतिक स्वरुप हंलिपतध्वजा बाँधेर फराइन्छ । त्यसको लगत्तै खलाँ टोलमा भैरवनाथ र भद्रकालिको रथलाई एक आपसमा जुधाउने परम्परा रहेको छ । जसलाई स्थानीय भाषामा द्यो ल्वाकिगु भनिन्छ । लिङगो उभ्याउने र ढाल्ने नै बिस्केट जात्राको प्रमुख पक्ष हो । भैरवनाथको प्रतिक मानिने लिङ्गोको शीर्षभाग र हातहरु नौलो कपडाले बेरी लिङ्गोको कोखमा झुण्ड्याउने चलन छ । यी दुई वीरध्वजा र विश्वध्जालाई भैरवनाथको ध्वजा समेत…

Read More

काठमाडौँ । साहित्य संवर्द्धन केन्द्र, नेपालको अगुवाइमा शुक्रवार प्रथम साहित्य दिवस कार्यक्रम सम्पन्न भएको छ ।   नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको सालिकमा माल्यार्पण गरेर सुरु गरिएको कार्यक्रममा  काठमाडौँका करिब ३०–४० साहित्यिक संस्थाहरूको सहभागिता थियो ।  दिवस अन्तर्गत भानु माध्यमिक विद्यालय (दरबार हाइस्कूल) को प्राङ्गणमा बिहान ७ः३० बजे भेला भएर ८ बजे  रानीपोखरी र टुँडिखेलको परिक्रमा (प्रभातफेरी) गरी समापन गरिएको साहित्यकार सूर्यकुमार पण्डितले  जानकारी दिए ।  साहित्य केन्द्र २०६९ सालमा स्थापना भई २०७१ सालमा काठमाडौँमा दर्ता भएको भएको थियो । यसपटक नेपाली साहित्यको प्रवर्द्धन र प्रचार प्रसार गर्ने उद्देश्यले यो कार्यक्रमको आयोजना गरिएको पण्डितको भनाइ छ ।  हाल संस्थाको अध्यक्षमा वरिष्ठ…

Read More

काठमाडौँ। उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सामाजिक रुपान्तरण र समृद्धिका लागि चरित्रवान नेतृत्वको आवश्यक हुने बताउनुभएको छ । प्रर्दशनीमार्गस्थित राष्ट्रियसभागृहमा आज आयोजित धम्मवती गुरुमा विशेष सामूहिक धम्मपूजामा उहाँले सचरित्रवान व्यक्तिलाई राजनीतिमा स्थापित गर्न सकेमात्र प्रणाली र व्यवस्था परिवर्तनको जनताले महशुस गर्न सक्ने बताउनुभयो । “राजनैतिक प्रणाली र व्यवस्था परिवर्तनले मात्र पुग्दैन । आजको प्रदूषित राजनीतिलाई सफा गर्न जरुरी छ,” उपप्रधानमन्त्री श्रेष्ठले भन्नुभयो, “चरित्रवान, स्वच्छ र निस्वार्थ व्यक्तिलाई राजनीतिमा स्थापित गरेर र राजनीतिलाई सफा गरेर मात्र समाजको रुपान्तरण र समृद्ध नेपाल बनाउन सक्छौँ ।” उहाँले नेतृत्वको चरित्र निर्माणका लागि बौद्धशिक्षा महत्त्वपूर्ण हुने बताउनुभयो । उहाँले गृह मन्त्रालयअन्र्तगत ध्यानको शिविर नियमितरुपमा सञ्चालन…

Read More

काठमाडौं । कर्मचारी समायोजन व्यवस्थित नहुँदा स्वास्थ्य क्षेत्रका कर्मचारी कहीँ बढी र कहीँ घटी रहेको पाइएको छ। महालेखा परीक्षणकको ६० औं वार्षिक प्रतिवेदनले समायोजनपश्चात कतिपय कार्यालयमा बढी र कतिपयमा घटी कर्मचारी रहेका अवस्था अझै यथावन् रहेको जनाएको हो। स्वास्थ्य सेवा ऐनमा कुनै पनि कर्मचारीलाई पदीय जिम्मेवारी नदिई एक महिना भन्दा बढी अवधिसम्म कार्यालयमा राख्न नहुने उल्लेख भएपनि स्वास्थ्य तर्फका २०९ कर्मचारी फाजिलमा रहेको महालेखाले जनाएको छ। स्वास्थ्य तर्फ ३१ हजार ५९२ दरबन्दी रहेकोमा संघ, प्रदेश र स्थानीय तहमा २६ हजार ७१७ जना कर्मचारी समायोजन भएको र ४ हजार ६६६ दरबन्दी रिक्त रहेको महालेखाको प्रतिवेदनमा उल्लेख छ।

Read More

काठमाडौं । नयाँ वर्ष मनाउन गएका रूपन्देहीका एक युवाको खोलामा डुबेर मृत्यु भएको छ। सिद्धार्थनगर नगरपालिका वडा नम्बर १ बेलहियाका ३० वर्षीय शिभम जैसवालको खोलामा डुबेर मृत्यु भएको प्रहरीले जनाएको छ। जैसवालको पाल्पास्थित भुतखोलामा डुबेर मृत्यु भएको हो। प्रहरी चौकी दोभानका अनुसार जैसवाल घुमघामको लागि शुक्रबार बिहान पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ३ झुम्सास्थित भुतखोलामा पुगेका थिए। साथीहरूसँगै घुम गएका जैसवाल बिहान साढे १० बजेतिर ढुंगामा चिप्लिएर पोखरीमा खसेका थिए। पोखरीमा खस्नेबित्तिकै उनको उद्धार गरिएको थियो । उनलाई उपचारका लागि बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल ल्याउँदै गर्दा बाटोमा नै मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ। सिद्धार्थ…

Read More

काठमाडौँ । वर्ष २०७९ सेलिब्रेटीको प्रेम, डिभोर्स र विवाहको वर्षका रूपमा पनि चिनियो । यो वर्ष केही कलाकारको प्रेम सार्वजनिक भयो भने केहीको ब्रेकअप सुनियो । केहीले विवाह गर्दै जीवनसाथ पनि रोजे । गायक, गायिका, फिल्म कलाकारदेखि पूर्वमिस नेपालसम्मले यो वर्ष लगनगाँठो कस्न सफल भए । यस्ता छन् यो वर्ष विवाह गर्ने सेलिब्रेटी । केकी अधिकारी (अभिनेत्री)अभिनेत्री केकी अधिकारीले पनि गत वैशाखमै प्रेमी रोहित तिवारीसँग विवाह गरेकी हुन् । काठमाडौँको धापासीस्थित ग्रान्डी भिल्ला अपार्टमेन्टमा उनीहरूको विवाह समारोह आयोजना भएको थियो । उनको विवाहमा परिवारका सदस्य र निकट आफन्त तथा साथीहरूको उपस्थिति रहेको थियो । सुरक्षा पन्त (अभिनेत्री)अभिनेत्री सुरक्षा पन्तले गत…

Read More

एजेन्सी, लोकप्रिय सोसल मिडिया प्लाटर्फम टिकटकको मातृ कम्पनीको रुपमा रहेको बाइटडान्सले गतवर्ष कीर्तिमानी मुनाफा गर्न सफल भएको छ । कम्पनीले मुनाफामा पहिलोपटक टेन्सेन्ट होल्डिंग्स तथा अलिबाबा ग्रुप होल्डिंग्स लिमिटेड जस्ता अन्य चिनियाँ दिग्गज कम्पनीलाई पछि पारेको छ । सन् २०२२ मा बाइटडान्सले अघिल्लो वर्षको तुलनामा ७९ प्रतिशत बढी मुनाफा वृद्धि गर्दै २५ अर्ब डलर कुल नाफा कमाएको २ जना लगानीकर्तालाई उद्धृत गर्दै फाइनान्सियल टाइम्सले उल्लेख गरको छ । यो भनेको ब्याज, कर, ह्रासकट्टीलगायतका रकम कटाउनु अगाडिको मुनाफा अर्थात् Ebitda हो । त्यस्तै गतवर्ष टेन्सेन्टले कूल नाफा २३ अर्ब ९० करोड डलर तथा अलिबाबाले २२ अर्ब ७० करोड कुल मुनाफा गरेका…

Read More

काठमाडौं । बिहीबार नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्वाचित भएका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष नै स्वतः अध्यक्ष हुने व्यवस्था भएअनुसार आज सम्पन्न ५७औं साधारणसभा मार्फत २०औं अध्यक्षमा उनी निर्वाचित भएका हुन् । आईएमई ग्रुपका संस्थापक अध्यक्ष समेत रहेका ढकालले आजै पद तथा गोपनीयताको शपथ लिएका छन् । योसँगै ढकाल निजी क्षेत्रको छाता संगठनको नेतृत्व तहमा पुगेका छन् । बाग्लुङको बलेवा, अमलाचौरका जन्मिएका उनले निजी क्षेत्रलाई नेतृत्व गर्नेसम्म आइपुग्दा विभिन्न चरणमा सफलता–असफलताको अनेकन अनुभव बटुलेका छन् । बाग्लुङको एक विकट गाउँका निम्न मध्यमवर्गीय परिवारका चन्द्रले एसएसली दिइरहेकै बेला बुवा गुमाउनुर्‍यो । त्यतिबेला आमा र भाइबहिनीलाई जस्तोसुकै मूल्यमा…

Read More