Author: खवरपोस्ट अनलाइन

“खवरपोस्ट अनलाइन” वेबसाइट “तृष्णा मिडिया प्रा.लि.”द्धारा संचालित नेपाली तथा अङ्ग्रजी भाषाको न्यूज़ पोर्टल हो । यसले आमसन्सार माध्यमको मूल्य, मान्यता र सिद्धान्तप्रति प्रतिवद्ध रही सत्य–तय्य, निष्पक्ष एवं सन्तुलित सूचना सम्प्रेषण गर्दै आइरहेको छ ।

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग २ करोड रुपैयाँ मागेका समानुपातिक सांसद ढाकाकुमार श्रेष्ठलाई कारबाही गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकले श्रेष्ठलाई पार्टीको साधारण सदस्यबाटै निष्काशन गर्ने निर्णय गरेको हो । यससँगै उनको सांसद पद जानेछ । श्रेष्ठले बी एण्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईँसँग २ करोड मागेको अडियो आइतबार सार्वजनिक भएको थियो । पुस अन्त्यमा भएको उक्त सम्वादमा श्रेष्ठले आफू स्वास्थ्यमन्त्री बन्न लागेको र त्यसका लागि कोर टिमलाई बुझाउनुपर्ने भन्दै मेडिकल व्यवसायी प्रसाईंसँग २ करोड रुपैयाँ मागेका थिए । यो अडियो सार्वजनिक भएपछि रास्वपाले पार्टीको अनुशासन समितिले छानबिन थालेको थियो । बुधबार…

Read More

काठमाडाैं  । सगरमाथा आरोहणका क्रममा तीन जना हिमपहिरोमा परी तीन जनाको ज्यान गएको छ । आरोहीहरूको सामान लिएर सगरमाथाको आधार शिविरबाट पहिलो शिविर जाँदै गरेकाहरू खुम्बु आइसफलभन्दा माथि र पहिलो शिविरभन्दा केही तल बिहान हिमपहिरोमा परेर मुत्यु भएको बताइएको छ । सगरमाथा प्रदूषण नियन्त्रण समिति (एसपीसी)का अध्यक्ष लामाकाजी शेर्पाका अनुसार ज्यान गुमाउने तीनै जना खुम्बु पासाङ ल्हामु गाउँपालिका–५ का थेसुका शेर्पा छन् । पाँच हजार सात सय मिटरको उचाइमा भएको दुर्घटनामा मृत्यु हुनेहरूमा  तेन्जिङ शेर्पा, लाक्पा रिता शेर्पा र बादुरे शेर्पा छन् । उनीहरू इम्याजिन ट्रेक प्रालिबाट सगरमाथा आरोहणमा गाइडको भूमिकामा रहेका थिए । बिहान एक्कासि आएको पहिरोका कारण मृतकको शव…

Read More

मेचीनगर । प्रेस क्लब मेचीनगरले अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धि एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ । मंगलबार धुलाबारीस्थित मेची उद्योग वाणिज्य संघको सभाहलमा प्रेस क्लब मेचीनगरले आयोजना गरेको अन्तरसीमा र मानवअधिकार पत्रकारिता सम्बन्धी एकदिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको हो । तालिमका अर्का प्रशिक्षक दि काठमाडौँ पोष्टका पूर्व सम्पादक अखिलेश उपाध्यायले पत्रकारहरुले पत्रिका मात्र पढ्ने होइन, कितावहरुसमेत पढ्नु पर्नेमा जोड दिएका थिए । ‘हामीले लेखेका कन्टेन्टहरु भन्दा कमेन्टहरु राम्रा हुन्छन्’, उपाध्यायले भने-‘हामीले गरेका केहि कमी कमजोरीलाई आत्मालोचनासहित नयाँ सामाग्री पस्कीनु पदर्छ ।’ कार्यक्रममा बोल्दै तालिमका प्रशिक्षक कान्तिपुर दैनिक पत्रिकाका उपसम्पादक घनश्याम खड्काले पत्रकारिता हतारको साहित्य नभएको बताए । उनले सत्यतथ्य…

Read More

काठमाडौं। सरकारले सिंहदरबार, बालुवाटार र शीतल निवासको फोहोर नउठाउने काठमाडौं महानगरपालिकाका प्रमुखको अभिव्यक्तिलाई गम्भीरतापूर्वक लिएको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्था विपरीत महानगर प्रमुखले अभिव्यक्ति दिएपछि यो विषयलाई गम्भीरतापूर्वक लिएको हो । बैठकपछि सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले काठमाडौं उपत्यकाको फोहोर काठमाडौं महानगरपालिकाले उठाउने नीतिगत व्यवस्थाविपरीत महानगर प्रमुखबाट बालुवाटार, सिंहदरबार र शीतल निवासको फोहर नउठाउने अभिव्यक्ति सार्वजनिक भएकोमा गम्भीरतापूर्वक लिएको बताइन् । सरकारले आयाति र उत्पादित सम्पूर्ण खाद्य पदार्थमा जीव नाशक विषादीको अवशेषको अधिकतम सीमा निर्धारण गर्न मन्त्रिपरिषद्को पूर्वाधार समितिबाट प्राप्त प्रस्ताव स्वीकृत गर्ने निर्णय गरेको छ ।

Read More

काठमाडौँ। मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रूपैयाँ मागेको अडिओबारे राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद ढाकाकुमार श्रेष्ठले पार्टीलाई स्पष्टीकरण बुझाएका छन्। प्रसाईंसँग पैसा मागेको अडिओ सार्वजनिक भएलगत्तै सांसद श्रेष्ठलाई रास्वपाको अनुशासन कमिटीले २४ घन्टाभित्र स्पष्टीकरण मागेको थियो। उनले ह्वाट्सएप मार्फत स्पष्टीकरण बुझाएको अनुशासन समितिका प्रमुख भरतमणि देवकोटाले सेतोपाटीलाई जानकारी दिए। ‘मैले स्पष्टीकरण पढेँ। अब त्यसअनुसार भोलि हामी अनुशासन समितिको बैठक बस्छौं। हामीलाई केन्द्रीय समितिले ७२ घन्टाको समय दिएको थियो। ४८ घन्टाभित्र हामीले हाम्रो काम सकाएर प्रतिवेदन बुझाउँछौं,’ उनले भने। उक्त समितिमा ४ जना सदस्य छन्। मंगलबार बिहान ११ बजे उक्त समितिको बैठक बस्ने र त्यस समितिले एक निष्कर्ष निकालेर केन्द्रीय समितिलाई सिफारिस…

Read More

काठमाडौँ। नेपाली सेनाले हरेक वर्ष आयोजना गर्दै आएको ‘प्रधानसेनापति ट्रफी–२०७९’ सुरु भएको छ । प्रतियोगिता सैनिक मुख्यालयभित्रको खेलमैदानमा आज आयोजित एक कार्यक्रमबीच प्रधानसेनापति प्रभुराम शर्माले उद्घाटन गर्नुभयो । आगामी वैशाख १० गतेसम्म सञ्चालन हुने प्रतियोगितामा विभिन्न नौ खेल समावेश गरिएको छ । जसमा एथ्लेटिक्स, स्विमिङ, बक्सिङ, तेक्वान्दो, भलिबल, बास्केटबल, फुटबल, सुटिङ र आर्चरी विधाका खेलहरु समावेश गरिएको छ । प्रतियोगिताका खेलहरु भद्रकालीस्थित नेपाली सेनाको खेलकुद मैदानका साथै छाउनीस्थित जगदल गण र लगनखेलस्थित सैनिक शारीरिक तथा खेलकुद केन्द्रमा सञ्चालन हुनेछ । उत्कृष्ट खेल प्रतिभाहरुको पहिचान गरी खेलाडीहरुलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलकुद क्षेत्रमा स्थापित गर्ने उद्देश्यले २०६५ सालदेखि सुरु भएको ‘प्रधानसेनापति ट्रफी…

Read More

२६ चैत्र २०७९, आईतवार, दाङ। नेपाली कांग्रेसका महामन्त्री गगन थापाले मुलुकको अर्थतन्त्र सङ्कटग्रस्त अवस्थामा पुग्नुमा अहिलेको सरकार मात्र दोषी नभएको बताउनुभएको छ । नेपाली कांग्रेस दाङले घोराहीमा आज आयोजना गरेको प्रथम जिल्ला सम्मेलनलाई सम्बोधन गर्दै उहाँले भन्नुभयो, “देशमा आर्थिक सङ्कट गहिरिँदै जानुमा अहिलेको सरकार मात्र दोषी छैन, यो अवस्था आउनुमा विगत २० वर्षदेखिको सत्ता साझेदारहरुको भूमिका छ ।” देशको राष्ट्रिय अस्मिता, स्वन्त्रतता र लोकतन्त्रको आत्मा बचाएर राख्ने काम कांग्रेसले गरेको उल्लेख गर्दै उहाँले अब कांग्रेस अविकसितबाट विकसित मुलुक बनाउने अभियानमा अघि बढेको दाबी गर्नुभयो । कार्यक्रमका वक्ताहरूले पार्टीको क्रियाशील सदस्यमा गम्भीर समीक्षा गर्नुपर्ने, शिक्षा, स्वास्थ्यका विषय, दाङको विकास निर्माणलगायत विषय…

Read More

२६ चैत्र २०७९, आईतवार, झापा । विश्वभरका इसाई धर्मावलम्बीले आज इस्टर सन्डे मनाएका छन् । इस्टर सन्डेको अवसरमा आज राजधानी काठमाडौँमा भव्य र्‍यालीको आयोजना गरिएको छ । समारोहमा एनसीएफ नेपालका अध्यक्ष रेभ पास्टर हनोक तामाङ र क्वाइनोनिया पाटन चर्चका वरिष्ठ पास्टर मंगलमान मर्हजनले इस्टर केन्द्रित वचन वाँडेका थिए । उपत्यकाको विभिन्न ठाउँबाट सुरु भएको र्‍याली भृकुटीमण्डप पुगेर कार्यक्रममा परिणत भएको थियो । इसाई धर्मगुरु येशूलाई क्रसमा चढाइएको ३ दिनमा उनी पुनरुत्थान भएको भन्ने विश्वासका साथ इस्टर सन्डे मनाइन्छ । बाइबलमा उल्लेख भए अनुसार दुई हजार वर्ष पहिला शुक्रवारको दिन येशूलाई कलभरी डाँडाको खप्परे भन्ने ठाँउमा सारा मानवजातिहरुको उद्धार मुक्तिका निम्ति…

Read More

२६ चैत्र २०७९, आईतवार, काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेविरुद्ध परेको जबरजस्ती करणी मुद्दामा काठमाडौं जिल्ला अदालतले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई झिकाउन आदेश दिएको छ । आइतबार न्यायाधीश शंकरराज बरालको इजलासले जाहेरीकर्ताको स्वास्थ्य परीक्षण गर्ने चिकित्सक नै झिकाउनू भन्ने आदेश दिएका हुन् ।  आइतबार वादीतर्फका कानुन व्यवसायीहरुले मेडिकल टिमका मुख्य डाक्टरको बकपत्र चाहिने माग गरेपछि अदालतले स्वास्थ्य परीक्षण गर्न चिकित्सकलाई बकपत्रका लागि झिकाउन आदेश दिएको हो । साथै आइतबारको इजलासले क्रिकेटरद्वय साहब आलम र अनिश श्रेष्ठको पनि वकपत्र गराउन आदेश दिएको छ । यसअघि मुख्य चिकित्सकको स्थानमा सहयोगी चिकित्सकको बकपत्र राखिएको भन्दै वादीतर्फका कानुन व्यवसायीले त्यसलाई अस्वीकार गर्दै मुख्य चिकित्सकलाई…

Read More

–होमराज राई, २६ चैत्र २०७९, आईतवार, वास्तबमा चुम्वन भन्ने वित्तिकै प्रेमको प्रस्फुटित बाहिरी चिन्ह हो । प्राय हामी देख्छौं साना नानीहरुलाई सबैले चुम्बन गरेर माया गर्छन् र आफ्ना प्रेमी–प्रेमीका धेरै समयपछि जब भेट हुन्छ, तब अंगालोमा बाँधिएर आफ्नो भित्रि हृदयबाट प्रफुल्लित भएर एकअर्कामा चुम्बन गरी प्रेम प्रकट गर्छन् । जब केटाकेटीहरु एकअर्कामा मन पराउन थाल्छन् तब मुस्कुराउन शुरु गर्छन्, अनि त्यहाँ जीवनको अर्काे यात्रा शुरु हुन्छ । मिठो स्वरले बोल्ने र लजालु आँखाले हेर्ने जस्ता माया प्रेमका शुरुवातहरु हुन् । यतिबेला चुम्बन प्रवेश गरीसकेको हुँदैनन् उनीहरुमा । जब चुम्बन प्रवेशिन्छ तब मात्र उनीहरुमा प्रेमको गहिराइमा पुगिसकेका हुन्छन् । यो स्थानमा…

Read More